युवालाई विदेश जानबाट रोक्न रोजगारका अवसर खोजी गर्दैछौँ : मुख्यमन्त्री तामाङ
त्रिशूली (नुवाकोट), २० पुस : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवालाई विदेश जानबाट रोक्न प्रदेश सरकारले गुणस्तरीय शिक्षासहित रोजगारका अवसर खोजी गर्न थालेको बताउनुभएको छ ।
नुवाकोट उद्योग वाणिज्य सङ्घको आज बट्टारमा आयोजित १९औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री तामाङले गुणस्तरीय शिक्षाले रोजगारी दिने भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम थालिएको उल्लेख गर्नुभयो ।
उहाँले विदेश जाने युवालाई रोक्न सरकारले सीप विकाससम्बन्धी योजना बनाइरहेको, रोजगारका अवसर खोजी गरिरहेको र विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । केही नीति तथा कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उहाँको भनाइ छ ।
“उच्च शिक्षा अध्ययन र रोजगारको खोजीमा नेपाली युवाको विदेश जानुपर्ने बाध्यताप्रति सरकार गम्भीर भएर सरोकार भएकासँग छलफल र सहकार्यमार्फत समस्या समाधान गर्न पहल गरिरहेका छौँ”, मुख्यमन्त्री तामाङले भन्नुभयो, “लहलहै र देखावटीमा जानेलाई पनि स्वदेशमा बस्नुपर्छ भनेर सजग गराउन चेतना अभिवृद्ध गर्ने काम गरिरहेका छौँ ।”
वैदेशिक रोजगार र उच्च शिक्षाको बहानामा युवाहरू विदेश जाने क्रमले गाउँका घरहरू रित्तिएको भन्दै यस समस्यालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएर समाधान खोजिरहेको मुख्यमन्त्री तामाङले उल्लेख गर्नुभयो ।
युवालाई उद्यमी बनाउन र प्राविधिकसहित गुणस्तरीय शिक्षा उपलब्ध गराई रोजगारको सुनिश्चित गराउन तीन तहका सरकारले साझा धारणा बनाएर समस्याको पहिचान गरिरहेको भन्दै यसमा प्रदेश सरकारले पनि पहल गरिरहेको मुख्यमन्त्री तामाङले बताउनुभयो ।
सरकारले उद्योग कलकारखाना स्थापनाका लागि सरल नीति अवलम्बन गर्ने, व्यवसायीमैत्री कानुन कार्यान्वयन गर्ने, विद्युत् आपूर्ति, राजस्वमा सहुलियतलगायत क्षेत्रमा सुधार गरेकाले नयाँ उद्योग स्थापना गर्न उद्योगी, व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, महासचिव उपेन्द्र बुढाथोकीले कार्यसम्पादन प्रतिवेदन र कोषाध्यक्ष मेघनाथ घिमिरेले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । सो अवसरमा जिल्लामा उद्योग सञ्चालन र रोजगार सिर्जनामा योगदान पु¥याउँदै आएका उद्योगी तथा व्यावसायीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्लाका उद्यमी तथा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकला एवम् घरेलु उद्योगका सामग्रीहरूको बिक्री तथा प्रदर्शनी गरिएको थियो ।
---

प्रतिकृया दिनुहोस