कांग्रेसमा को बन्ला देउवाको उम्मेदवार ?
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औं महाधिवेशन केन्द्रित गतिविधिले प्राथमिकता पाउन थालेका छन् । कांग्रेसका नेताहरु आन्तरिक समीकरणको कसरतसँगै राजनीतिक माहोल मिलाउन थालेका छन् । त्यसैका लागि १४औं महाधिवेशनमा सभापतिमा पराजित भएका डा. शेखर कोइराला देश दौडाहामा लागेका छन् । उनी आगामी महाधिवेशनमा सभापति उम्मेदवार हुनका लागि कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म पुगिसकेका छन् । शेखर कोइरालाको त्यो अभियानसँगै कांग्रेसका नेताहरु कृष्ण सिटौला, प्रकाशनमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरुले पनि सभापतिमा आश गर्न थालेका छन् ।
कांग्रेस नेताहरुको भनाई सभापतिका लागि महामन्त्री गगन थापाले पनि आफ्नै हिसाबले तयारी गरिरहेका छन् । औपचारिक रुपमा थापाले शेखर कोइराला समूह छोडेको घोषणा गरेका छैनन् तर पछिल्ला दिनमा सभापति शेरबहादुर देउवालाई साथ दिएर उनको उत्तराधिकारीको आश गरेर बसेका छन् ।
कांग्रेसका नेताहरुका अनुसार, देउवाको उत्तराधिकारीको रुपमा भने प्रकाशमान सिंह र विमलेन्द्र निधिले धेरै आश गरेका छन् । लामो समयदेखि देउवालाई साथ दिएका कारणले सिंह र निधिले साथ खोजेका हुन सक्छन् । तर, सभापति देउवा, आरजु मात्र होइन, उनीहरुनिकट नेताहरुले पनि सिंह र निधिलाई नेतृत्व स्वीकार्ने संभावना कम रहेको कांग्रेसहरुले विश्लेषण गरिरहेका छन् । बरु, देउवाले शशांक कोइरालालाई सभापतिको उम्मेदवार बनाउन सक्ने चर्चा कांग्रेसमा भइरहेको छ ।
कतिपयले भने कोइरालाबाट खोसेको नेतृत्व कोइरालालाई नै सुम्पिएर जाने देउवाले बताउने गरेको चर्चा पनि गरिरहेका छन् । तर, देउवाले आफ्नी श्रीमती आरजु देउवा राणालाई पार्टीको ‘की पोस्ट’मा स्थापित गर्ने गरीमात्रै उक्त रणनीति लिन सक्ने अनुमान भइरहेको छ । सभापतिमा शशांक कोइरालालाई देउवाले अगाडि सारेमा उपसभापति वा महामन्त्रीमा आरजुलाई अगाडि सार्ने संभावना रहेको छ ।
शशांकसँग पार्टी संगठन चलाउने हिम्मत र आइडिया नभएका कारणले आरजुलाई उपसभापति वा महामन्त्री बनाउने हो भने पार्टी आरजुको हातमा आउने संभावना रहन्छ भन्ने सोचाइ देउवा समूहको रहेको चर्चा पनि छ । तर, त्यसका लागि आरजुलाई सहयोग गर्ने टीम कस्तो हुन्छ ? भन्ने चाहिँ चासोको विषय बनेको छ । देउवा पार्टीमा सक्रिय रहेकै अवस्थामा चाहिँ आरजुलाई स्वीकार्ने र उनलाई नेता मान्नेहरुको संख्या बढ्न सक्ने अनुमान गरिन्छ । त्यसपछि भने आरजुलाई नेता स्वीकार्नेहरुको संख्या कम हुने अनुमान गरिन्छ । त्यसो त, आरजुसँग संगठनमा राम्रो प्रभाव भएका नेताहरु साथ देखिएका छैनन् । एनपी साउद, प्रकाशशरण महतजस्ता संगठन नभएका नेताहरुमात्रै साथमा रहेका छन् ।
हुन त, सभापतिमा चर्चित र सादगी नेता पूर्णबहादुर खड्कामा पनि सशक्त उम्मेदवार बन्नसक्ने बताइन्छ । पछिल्ला दिनमा सभापति देउवासँग उनको सम्बन्ध टाढिएका कारणले पनि उनलाई देउवाले अगाडि सार्ने संभावना कम भएपनि उम्मेदवार भने हुनसक्ने चर्चा कांग्रेसभित्र भइरहेको छ । यद्यपि, कांग्रेसभित्र देउवाले सिटौलालाई अगाडि सार्ने संभावना रहेको पनि चर्चा गरिन्छ । कांग्रेसको आन्तरिक राजनीतिमा भारतीय चासो पनि रहने भएकोले सिटौलाको संभावना रहेको बताइन्छ ।
सिटौलालाई अहिले टीआरसीको अध्यक्ष हुन केही प्रस्तावहरु पनि गएका थिए । ती प्रस्तावलाई अस्वीकार गरेका सिटौलाले संभावितत सभापतिको उम्मेदवारको आश रहेको पनि चर्चा कांग्रेसभित्र भइरहेको छ । सिटौला १४आंै महाधिवेशनबाट नै देउवाको क्याम्पमा गइसकेका छन् । सिटौलाको क्याम्पभित्रका नेताहरु भने तितरवितर भइसकेका छन् । सिटौला निकट मानिएका भिमसेनदास प्रधान पछिल्ला दिनमा देउवासँग निकट भइसकेका छन् भने प्रदीप पौडेलले पनि साथ छोडेर गगन थापानिकट भइसकेका छन् ।
त्यसैले, कांग्रेसको आन्तरिक राजनीतिमात्र होइन, बाह्य राजनीतिको प्रभाव पनि पर्ने भएकोले संभावित उम्मेदवारले भूराजनीतिक सन्तुलन पनि मिलाउन खोजिरहेका छन् । ती नेताहरुले आफ्नो लाइन अनुसारको प्रभाव विस्तारको रणनीति बनाइरहेका बेलामा आरजुको बिना एजेण्डा भारत भ्रमणको बेलामा भएको वेवास्तालाई पनि कतिपयले महाधिवेशन केन्द्रित भारतीय सन्देशका रुपमा पनि व्याख्या गरिरहेका छन् । (साँघु साप्ताहिक, २०८१ पुस १५)

प्रतिकृया दिनुहोस