• शनिबार-पौष-२०-२०८१

टीआरसीमा देउवा–प्रचण्ड गठबन्धन ?

 

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता तथा छानबिन आयोग गठनमा कांग्रेस सभापति शेरबहादुर देउवाले असहयोग गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक देउवास“ग आयोग गठनको विषयमा छलफल गरेका थिए । 


 तर, देउवाले प्रक्रिया अगाडि बढाउनमा आश्वासन दिएका छैनन् । पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिश समिति गठनदेखि नै देउवाको असहयोग देखिएको थियो ।  मिश्र समितिलाई काम गर्न नदिएका देउवाले नया“ गठनमा पनि असहयोग गरेका हुन् । मिश्र समितिका आफ्नो काम सक्ने अन्तिम चरणमा पुगेका बेलामा आफ्नो मान्छेलाई सिफारिश नगरेको भन्दै देउवाले मिश्रसहितको टोलीलाई दबाबमा राखेका थिए । कांग्रेस सभापति देउवाको दबाबका कारण निर्णय नै गर्न नसकेको समितिले २०८१ पुस १ गतेबाट हात उठाएको थियो ।

 

२०८१  कात्तिक १ गते गठन भएको समितिले २ महिनाको समय पाएको थियो । सुदीप पाठक, विश्वराज कोइरालालाई देउवाले सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजेका थिए । पाठक र कोइराला विवादमा परेपछि उनीहरुलाई सिफारिश गर्न मिश्र समिति असहयोगी देखिएपछि देउवाले मिश्रले सिफारिश गर्न लागेका काशीराज दाहालको नाम रोक्न लगाए । 


समितिले काम गर्न नसकेकोले २०८१ पुस २ गतेबाट मिश्र समिति भंग भयो । त्यसपछि प्रधानमन्त्री ओलीले देउवास“ग सिफारिश समिति बनाउन केही पटक छलफल गरेका थिए । तर, देउवाले कुरा टारेका छन् । अनि, नया“ समिति बन्नै सकेको छैन । गत वर्षको ३० चैत ०८० मा मिश्र समिति गठन भएको थियो । त्यतिबेलाको समितिले पूर्णता नपाएको कारण ६ महिना असोजसम्म काम गर्न सकेको थिएन ।

 

छिटो काम सक्नका लागि प्रधानमन्त्री ओलीले २०८१ कात्तिक १ गते त्यही समितिलाई निरन्तरता दिएका दिए । तर, अहिले भने प्रधानमन्त्री ओलीको त्यही प्रयासमा देउवाले अड्को थापेका छन् । प्रचण्डले ओलीलाई असहयोग गर्नका देउवाकै नीतिमा साथ दिइरहेका छन् । त्यसैले, देउवाको मन नफर्किएसम्म टीआरसीसम्बन्धी आयोग गठन प्रक्रिया सुरु हुने छैन ।
 

प्रतिकृया दिनुहोस