• सोमबार-पौष-२२-२०८१

नेपालको सीमा नजिकबाट जम्मु पुग्यो बाघ, छानबिन हुँदै

 

नयाँ दिल्ली, २० पुस । हालै मात्र उत्तराखण्डको एउटा बाघ जम्मुमा देखेको खबर बाहिर आएको छ । यो बाघ राजाजी राष्ट्रिय निकुञ्जको रहेको बताइएको छ, जो अहिले जम्मुको राजौरी क्षेत्रमा देखिएको छ । 

 

यो समाचारलाई लिएर अन्योलको अवस्था छ तर यसबारे राजाजी राष्ट्रिय निकुञ्जका निर्देशकले पनि प्रतिक्रिया दिएका छन् । निर्देशक कोको रोशोले राजौरीमा खिचेको यो तस्बिर शंकास्पद रहेको बताएका छन् । यद्दपी, छानबिन जारी रहेको उनले जनाए । 

 

यसअघि पनि उत्तराखण्डको एउटा बाघ ७ महिना लगाएर हिमाञ्चल पुगेको थियो । अब राजौरीमा देखिएको बाघ उत्तराखण्डको हो कि जम्मूको हो भन्ने प्रश्न उठेको छ । अहिले वन विभागले जम्मू कश्मीरको वन विभागबाट यसबारे जानकारी लिइरहेको जनाएको छ।

 

उत्तराखण्ड वन विभागका प्रमुख वन्यजन्तु संरक्षक रञ्जन कुमार मिश्रले यस विषयमा गहिरिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘यस सम्बन्धमा जम्मू कश्मीरको वन विभागबाट जानकारी लिइएको छ, जानकारी पाएपछि मात्र हामी पूर्ण निष्कर्षमा पुग्न सक्नेछौं,’ मिश्रले भने । नेपालको सिमा नजिक रहेको क्षेत्रवाट जम्मुमा बाघ पुगे पछि भारतका बन्यजन्तु बिज्ञहरूले थप अनुसन्धान गरिरहेका छन्  ।  

 

‘हाम्रो एउटा बाघ हिमाचलको पाओन्टा साहिबमा गएको र कहाँ हुँदै गएको भन्ने विस्तृत जानकारी हामीले पाएका छैनौं, उनले भने । फोटोका आधारमा यो बाघ हाम्रो हो कि अर्कै राज्यको हो भन्ने निर्णय गर्न नसकिने उनले बताए ।

 

वन विभागका अधिकारीहरूले पनि जीवन र खानाको खोजीमा जनावरहरू टाढा टाढा जाने गरेको स्वीकार गरेका छन् । ‘यस्तो अवस्थामा हाम्रो राज्यको बाघ अर्को राज्यमा जाने सम्भावना छ,’ उनले भने ।

 


 

प्रतिकृया दिनुहोस