न्यायाधीशको सरूवामा किन पक्षपात ?
काठमाडौं । न्यायपरिषदमा एकजना सदस्यको पदपूर्ति हुन नसकेर लामो समयदेखि न्यायाधीश नियुक्त हुन सकिरहेको छैन । जसले गर्दा सर्वाेच्च अदालतमा चार, उच्च अदालतमा १८ र जिल्ला अदालतमा १४ जना न्यायाधीश सिफारिस र नियुक्तिमा अलमल भइरहेको थियो । ०८१ पुस १२ गते परिषदले एक सदस्य रिक्त रहेकै अवस्थामा बसेको बैठकले केही न्यायाधीशहरुको हेरफेर र सरुवा गर्न निर्णय गरेको छ । परिषदले उच्चका ८ जना न्यायाधीशको सरूवा, एकको काज सरूवा गरेको छ । परिषद बैठकले १६ जना जिल्ला अदालतका न्यायाधीशको पनि सरूवाको निर्णय गरेको छ ।
सरुवा गरिएका न्यायाधीशमध्ये केहीलाई काठमाडौं जिल्लाबाट पर्सा जिल्ला अदालतमा र सिराहाबाट पर्सा जिल्लामा सरूवा गरिएको बताइन्छ । सरुवामा केहीलाई भने सुगमबाट सुगमै सरुवा गरिएको छ । त्यस्तै, केहीलाई भने आकर्षकबाट पुनः सुगम र आकर्षक जिल्लामा सरूवा गरिएको भन्दै न्यायाधीशहरुले असन्तुष्टि जाहेर गरिएको बुझिएको छ । परिषदले केही न्यायाधीशलाई दुर्गम र अपायक सरूवा गरी अन्याय गरिएको गुनासो पनि बाहिर आएको छ ।
परिषदले गरेको न्यायाधीश सरुवा सूची अनुसार उच्च अदालत पाटनमा दरबन्दी रहेर विशेष अदालत काठमाडौंमा काजमा रहेका खुसीप्रसाद थारुलाई उच्च अदालत जनकपुर अन्तर्गतको अस्थायी इजलास वीरगञ्जमा सरुवा गरिएको छ । उनलाई आकर्षक र सुगमबाट पुनः सोहीस्तरको आदालतमासरूवा गरिएको चर्चा न्याय क्षेत्रमा चल्ने गरेको छ । विशेष अदालतको सदस्यमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइराला र राजस्व न्यायाधिकरणमा बज्रेश प्याकुरेलको सरूवा गरिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश रही राजस्व न्यायाधिकरणको न्यायाधीश रहेका रमेश ढकाललाई भने उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा सरूवा गरिएको छ । यो सरूवामा उच्च अदालत जनकपुर अन्तर्गतको राजविराज इजलाशमा कार्यरत न्यायाधीश मातृकाप्रसाद भण्डारीलाई भने उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ ।
न्यायपरिषदले उच्च अदालत तुलसीपुरको बुटवल इजलाशबाट न्यायाधीश दीपेन्द्र अधिकारीलाई उच्च अदालत पोखरामा सरुवा गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश सागर विष्टलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा खटाइएको छ । उच्च अदालत विराटनगरमा काजमा रहेकी न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगरमै दरबन्दी रहने गरी सरूवा गरिएको छ ।
उच्च अदालत सुर्खेतको न्यायाधीश माधव धिताललाई उच्च अदालत जनकपुरको राजविराज इजलाशमा सरुवा गरिएको छ । उच्च अदालत पाटनमा काजमा रहेका न्यायाधीश डाल कुमार खड्कालाई सोही अदालतमा दरबन्दी कायम हुनेगरी सरूवा गरिएको परिषदले जनाएको छ । उच्च अदालत विराटनगर अन्तर्गतको अस्थायी इजलास ओखढुंगामा कार्यरत न्यायाधीश हरिप्रसाद भण्डारीलाई तुलसीपुरमा काज सरुवा गरिएको बताइएको छ ।
परिषदले सरूवा गरेका १६ जना जिल्ला न्यायाधीशहरू मध्ये अछामका प्रकाश ढुंगानालाई पर्वतको जिल्ला न्यायाधीशमा सरुवा गरिएको छ । बाजुराको जिल्ला न्यायाधीशमा दरबन्दी भई सर्वोच्च अदालतमा काजमा रहेका जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठलाई मनाङको जिल्ला न्यायाधीशमा सरुवा गरिएको छ । इलाममा कार्यरत जिल्ला न्यायाधीश केशव प्रसाद घिमिरेको सरुवा मोरङमा भएको छ । पर्साका जिल्ला न्यायाधीश रहेका रोशन गजुरेलको सरुवा इलाममा भएको छ । कपिलवस्तुमा कार्यरत जिल्ला न्यायाधीश रोमनाथ अधिकारीको सरुवा सप्तरीमा गरिएको छ । मनाङमा कार्यरत जिल्ला न्यायाधीश विदुर काफ्लेको सरुवा भने सिराहाको जिल्ला न्यायाधीशमा गरिएको छ । पर्वतका जिल्ला न्यायाधीश विद्याराज पौडेलको सरुवा मुस्ताङमा गरिएको छ ।
कालिकोटमा कार्यरत न्यायाधीश चन्द्रप्रकाश तिवारीको बाँकेमा सरुवा भएको छ । काठमाडौं जिल्लामा कार्यरत न्यायाधीश उत्तम चिलुवाललाई पर्सामा सरूवा गरिएको छ । न्यायाधीश चिलुवाल सुगमबाट पुनः सुगममा सरूवा हुने भाग्यमानी न्यायाधीशमा परेको चर्चा चल्ने गरेको छ । पर्सा जिल्लामा कार्यरत न्यायाधीश रोशनकुमार भट्टराईको भने अछाममा सरुवा भएको बताइन्छ । मुस्ताङका जिल्ला न्यायाधीश ओम बहादुर सोडारीको सिराहा र सप्तरीमा दरबन्दी भई बाजुरामा काजमा कार्यरत रहेका न्यायाधीश संजिव पोखरेलको बाजुरा जिल्ला मै दरबन्दी कायम हुनेगरी सरूवा गरिएको छ ।
सिराहामा कार्यरत उपेन्द्र केशर खनाललाई पर्साको जिल्ला न्यायाधीशमा सरूवा गरिएको छ । उनी सिराहा जस्तो सुगमबाट पर्सा जस्तो आकर्षक जिल्लामा सरूवा हुने दोस्रो भाग्यमानी जिल्ला न्यायाधीशमा दर्ज हुन पुगेका छन् । सिराहाका अर्का न्यायाधीश महेश खनालको कपिलवस्तु जिल्लाको न्यायाधीशमा सरुवा गरिएको छ । बाँकेमा कार्यरत न्यायाधीश डोलनाथ न्यौपानेको कालिकोट र मोरङ जिल्लामा दरबन्दी भई काजमा सिराहाको न्यायाधीश रहेका गोपाल प्रसाद थापाको सोही जिल्लामा दरबन्दी रहने गरी सरूवा गरिएको परिषदले जनाएको छ । (साँघु साप्ताहिक, २०८१ पुस १५)

प्रतिकृया दिनुहोस