कोभिडपछि चीनमा फैलियो डरलाग्दो भाइरस, केही स्थानमा बढाइयो सुरक्षा सतर्कता
बेइजिङ, २० पुस – कोभिड–१९ को उद्गमस्थल चीनमा पाँच वर्षपछि अर्को डरलाग्दो भाइरस फैलिएको खबरले मानिसहरूलाई त्रसित बनाएको छ।
चिनियाँ अधिकारीहरूले देशका धेरै भागमा ह्युमन मेटाप्न्यूमोभाइरस (एचएमपीभी) को प्रकोप देखिएको बताएका छन्। त्यहाँका सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले नागरिकहरूलाई मास्क लगाउन र बारम्बार हात धुन आग्रह गरिरहेका छन्।
चीनको सीडीसी वेबसाइटमा उल्लेख गरिएअनुसार मानव मेटाप्न्यूमोभाइरस एक आरएनए भाइरस हो।
यस भाइरसको पहिलो पहिचान सन् २००१ मा डच अनुसन्धानकर्ताहरूले श्वासप्रश्वास संक्रमण भएका बच्चाहरूको नमूना अध्ययन गर्दा गरेका थिए। अनुसन्धानले देखाएको छ कि यो भाइरस कम्तीमा ६ दशकदेखि अस्तित्वमा छ र अहिले संसारभरि फैलिसकेको छ।
मेटाप्न्यूमोभाइरस मुख्यतः खोक्दा र हाछ्युँ गर्दा फैलिन्छ। संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क र दूषित वातावरणको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ।
सीडीसी वेबसाइटअनुसार यो भाइरस प्रायः जाडो र वसन्तमा बढी सक्रिय हुन्छ। एचएमपीभी मुख्य रूपमा बच्चाहरूमा असर गर्छ र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा खोकी, ज्वरो, नाक बन्द हुने र घरघराहटजस्ता लक्षणहरू देखा पर्छन्।
गम्भीर अवस्थामा यो भाइरसले ब्रोंकाइटिस र निमोनिया निम्त्याउन सक्छ। लंग.ओआरजीका अनुसार गम्भीर अवस्थाका बिरामीहरूको परीक्षणका लागि ब्रोन्कोस्कोपी गरिन सक्छ। यस प्रक्रियामा सानो लचिलो क्यामेरा फोक्सोमा घुसाएर परीक्षणका लागि तरल पदार्थको नमूना निकालिन्छ।
यस भाइरसले पहिले नै रोग भएका व्यक्तिहरूमा जटिलता निम्त्याउन सक्छ।
सन् २०२१ मा द ल्यान्सेट ग्लोबल हेल्थको एक लेखले तीव्र श्वासप्रश्वाससम्बन्धी रोग भएका पाँच वर्षमुनिका बालबालिकाको मृत्युको १ प्रतिशतको लागि एचएमपीभी जिम्मेवार रहेको देखाएको थियो।
एनकेएल डटकमका अनुसार एसिटामिनोफेन वा इबुप्रोफेनजस्ता ओभर-द-काउन्टर औषधिले लक्षण कम गर्न मद्दत गर्न सक्छ। डिकन्जेस्टेन्टले नाकको सिगान कम गर्न मद्दत गर्दछ।
दम र पल्मोनरी फाइब्रोसिस भएका बिरामीहरूमा यो भाइरसले गम्भीर लक्षण निम्त्याउन सक्छ। खोकी र घरघराहट नियन्त्रण गर्न औषधिको आवश्यकता पर्न सक्छ।

प्रतिकृया दिनुहोस