• बुधबार-पौष-२४-२०८१

माओवादी केन्द्रीय समिति : प्रचण्डको प्रतिबेदन माथि छलफल सुरू

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा छलफल सुरू भएको छ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रीय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिबेदन माथी छलफल सुरू भएको हो ।

 

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका छन । सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजवाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ । 

 


बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस