• बुधबार-पौष-२४-२०८१

एमाले बैठक सकियो, भाेलि फेरी बस्ने

 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजका लागि सकिएको छ । आइतवार देखि सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन । खाजा ब्रेक पछि स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको जनाइएको थियो ।

 

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथि टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुटाएको छ । केही केन्द्रीय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसके पछि सम्भवतः भोलि नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।
 

प्रतिकृया दिनुहोस