पारिजातको काइदा, बचतकर्तालाई भने पीडा ! : बचत गरेको रकम फिर्ता गर्न किन आनाकानी ?
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुञ्जेमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको निक्षेप समयमा फिर्ता नगरेको गुनासो पीडित सदस्यहरुले गरेका छन् । उक्त सहकारीका संचालकहरु धु्रव रामाझी र माधव काफ्लेलगायतले सरकारी र गुठीको जग्गा मालमोत कार्यालयका कर्मचारीहरुलाई आफ्नो प्रभावमा पारेर रजिष्ट्रेसन पास गर्ने र प्लटिङ गरेर बेचबिखन गरेर उनीहरु भने मालामाल भएको पीडितहरुले बताएका छन् । सिन्धुली निवासी रायमाझी र दोलखाका काफ्लेले सहकारी संस्थाको नाममा अवैध धन्दा गरेर करोडौं मूल्य पर्ने बंगला र काठमाडौं उपत्यकाभित्र बिभिन्न स्थानमा थप घर घडेरी जोड्न सफल भएको स्रोतले दावी गरेको छ ।
उनीहरुको यस्तो गैरकानूनी कार्यविरुद्ध ०७९ चैत १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता भएको स्रोतले जानकारी दिएको छ । तर, आयोगले यो विषयमा खासै ध्यान नदिएको पीडितहरुको भनाई रहेको छ । उल्लेखित संचालकहरुको बद्मासीकै कारण बचतकर्ताहरुको करोडौं निक्षेप रकम सहकारीमा अनाहकमा फँसेको गुनासो पीडितहरुले गरेका छन् । एक ढेड लाख बचत रहेका सदस्यहरुको रकम सहकारी संस्थाले फिर्ता गरेपनि महंगो व्याजको प्रलोभन दिएर बचत गर्न लगाएको ठूलो रकम भने संचालकहरुले फिर्ता गर्न नसकेको स्रोतले जनाएको छ ।
यस्ता बचतकर्ताहरुलाई भने सहकारी संस्थाले सरकारी र गुठीको जग्गा आफनो नाममा दर्ता गरेर गरिएको प्लटिङको जग्गा लिन दवाव दिने गरेको स्रोतको दावी छ । जवर्जस्ती रुपमा भिडाएको जग्गा बापतको साँवा र किस्ता भुक्तानी नगरेको खण्डमा धितो लिलाम गरी हडप्ने गरेको स्रोत बताउँछ । संचालकहरुको यस्तो हर्कतविरुद्ध पीडित सदस्य बचतकर्ताहरुले आयोग र सम्पत्ति शुद्धीकरण विभागमासमेत उजुरी दिएको स्रोतले बताएको छ । पीडितहरुले बचतकर्ताको रकम समयमा फिर्ता नगरेको र गैरकानूनी रुपले अकुत सम्पत्ति आर्जन गरेको भन्दै सहकारीका संचालकविरुद्ध उजुरी दिएपछि आयोगले छानबिनका लागि सहकारी विभागलाई निर्देशन दिएको बताइएको छ ।
आयोगको निर्देशन पश्चात विभागका उच्च अधिकारीहरु छानबिनका निम्ति सहकारी संस्थामा पुगेका थिए । तर, अध्यक्ष काफ्लेले उल्टै कर्मचारीलाई प्रलोभनमा पारेको आशंका स्रोतले गरेको छ । स्रोत भन्छ ‘सहकारी विभागका उच्च अधिकारीहरु छानबिनका लागि संस्थामा पुगेपनि अध्यक्ष काफ्लेको प्रलोभनमा परेपछि कारवाही गर्न आनाकानी गरेको बताइन्छ ।’ यस सम्वन्धमा अध्यक्ष काफ्लेसँग सम्पर्क गरी बुझ्दा यी सवै विषय निराधार रहेको दावी उनले गरे । उल्टै सूर्यबिनायक नगरपालिकाको सहकारी शाखामा बुझ्दा यो बिषयमा थप प्रष्ट हुने जवाफ उनले दिए ।
तर, एकजना पीडित बचतकर्ता भन्छन् ‘महिनौ भइसक्यो दिनहुँ सहकारी धाएको, अहिलेसम्म रकम फिर्ता पाएको छैन । म्यानेजरले सहकारीका अध्यक्षसँग न भेट्न दिन्छन् न त रकम फिर्ता नै गर्छन् ।’ यो सहकारीले पनि अधिकांश बचतकर्तासँग लिएको रकम घर जग्गा र सेयरमा लगानी गरेको बताइन्छ । पछिल्लो समय बजारमा घरजग्गा र सेयरको कारोबारमा मन्दी आएकोले पनि सहकारी संस्थाले बचतकर्ता सदस्यहरुको निक्षेप समयमा फिर्ता गर्न नसकेको गुनासो बाहिर आएको छ । सहकारीका अध्यक्ष काफ्ले र संचालकहरुले उल्टै आजभोलि भन्दै झुलाउने गरेको पीडितहरुले बताउँदै आएका छन् ।
बचतकर्ताहरु प्राय दिनहुँ सहकारीको कार्यालयमा धाउने गरेका छन् । तरपनि रित्तै घर फर्किनु परेको गुनासो पीडितहरुले गरेका छन् । एक बचतकर्ताले नाम उल्लेख नगरिदिने शर्तमा भने ‘सहकारी बचतकर्ताको रकम फिर्ता गर्छौं भनेर बाहिर फुर्ति लगाउँछन् । तर, महिनौं दिन बितिसक्यो एक सुको हातमा परेको छैन ।’ उनले सहकारीले अझै पनि रकम फिर्ता गर्न आलटाल गरेको खण्डमा पुन आफूहरु सहकारी विभाग गुहार्न बाध्य हुने बताए । उनले भने ‘हिजो विश्वास गरेर खाईनखाई बचत गरियो । तर, आज बचत फिर्ता नपाउँदा ‘मर्नु न बाँच्नु’ भएको छ । महिनौं दिन भइसक्यो बचत फिर्ता माग्न धाएको ।
यस्तै हो भने अब सहकारी विभागमा पुन उजुरी दिन्छौं ।’ सहकारी ऐनअनुसार सहकारीले घर जग्गालगायत जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न पाउँदैन । तर सो सहकारी संस्थाले अधिकांश कर्जा लगानी घर जग्गामै गरेको भेटिएको छ । उक्त सहकारीले १६ देखि ४६ प्रतिशतसम्म ब्याजमा घर जग्गामा कर्जा लगानी गरेको स्रोतको दावी रहेको छ । त्यति मात्र नभई सहकारीले सेवा शुल्कको नाममा पनि ऋणीलाई ठग्दै आएको गुनासो पनि छ । सहकारीमा व्याजको लोभमा एकै बचतकर्ताले एक लाखदेखि करोड रुपैयाँसम्म बचत गरेको बताइन्छ । अहिले उनीहरुलाई ‘न दिनमा भोक न त रातमा निन्द्रा’ भने झंै भएको गुनासो गर्दै आएका छन ।
’बचतकर्ताहरु आफ्नो बचत डुब्ने चिन्ताले उल्टै पिरोलिएको स्रोत बताउँछ । अध्यक्ष काफ्लेले चाहिं सहकारीमा केही समस्या नभएको दाबी गरेका छन् । उनले बचतकर्ताको रकम माग गरेको खण्डमा जुनसुकै बेला फिर्ता गर्न सकिने दावी गरे । आफूहरुसँग लगानी गर्न योग्य रकम प्रशस्त रहेको तर कर्जाको माग नहुँदा तरलता सहकारी संस्थामा थुप्रिएको दावी उनले गरे । त्यसकारण पनि आफूहरुले बचत फिर्ता गर्न नसकेको भन्ने विषय निराधार र असत्य रहेको अध्यक्ष काफ्लेले दावी गरे । (साँघु साप्ताहिक, २०८१ पुस १५)

प्रतिकृया दिनुहोस