• बिहीबार-पौष-१८-२०८१

बारमा थापा र पोखरेलको भिडन्त 

 

काठमाडौं । सर्वाेच्च अदालत बार एशोसिएशनको निर्वाचन २०८१ पुस २० गते हुन गइरहेको छ । नेतृत्व हत्याउन नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रनिकट कानून व्यवसायीहरूले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदमा बाजी मार्न यसपटक दुई वरिष्ठ अधिवक्ताहरूको कडा र रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रगतिशील र व्यवसायिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता महेश कुमार थापा, डेमोक्रेटिक र समाजवादी समूहबाट वरिष्ठ अधिवक्ता डा. मेघराज पोखरेलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र १० जना सदस्य गरी १५ सदस्यीय कार्य समितिका लागि आगाी पुस २० गते शुनिवार सर्वाेच्च अदालत बार परिसरमा निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । अध्यक्षका उम्मेदवार थापा समूहको उपाध्यक्षमा भिष्मराज कडरिया, सचिवमा प्रभाकर श्रेष्ठ, सहसचिवमा श्रुति कुमारी रेग्मी, कोषाध्यक्षमा युवा कानुन व्यवसायी अनन्तराज लुइटेल उम्मेदवार रहेका छन् । महिला सदस्यमा सुधा धिताल, सदस्यहरूमा माधव प्रसाद घिमिरे, जगन्नाथ मिश्र, भेषराज न्यौपाने, भोलानाथ ढुंगाना, टिकाध्वज खडका, भक्तिराम घिमिरे, सुशील कुमार शर्मा सापकोटा, वरिष्ठ अधिवक्ता ख्याम नारायण सापकोटा र सतिशराज मैनाली प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन । डेमोक्रेटिक लयर्स एशोसिएशन र समाजवादी कानून व्यवसायीकातर्फबाट अध्यक्षका उम्मेदवार मेघराज पोखरेलको समुहबाट उपाध्यक्षमा अम्बर बहादुर राउत, सचिवमा रमण कुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन (सिर्जना), कोषाध्यक्षमा रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।


महिला सदस्यमा शशी बस्नेत, सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ, ईन्द्र शेखर खड्का, प्रदीप कुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी, निर्मल प्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरूषोत्तम प्रसाद लोहनी र प्रदीप कुमार राजवंशी उम्मेद्वार रहेका छन । सर्वाेच्च बारको आसन्न निर्वाचनमा नेकपा एमाले समर्थित पिपिएलए तथा नेकपा माओवादी केन्द्र समर्थित आरपिएलए र केही स्वतन्त्र उम्मेदवारको गठबन्धन बनेको छ । यस पटक अध्यक्ष थापा समुहको गठबन्धनले चुनाव जित्ने अनुमान भइरहेको छ । थापा समुहको प्रतिस्पर्धामा नेपाली कांग्रेस समर्थित कानून व्यवसायीको संगठन डिएलए र नेकपा एकीकृत समाजवादी समर्थित पोखरेलको एसपीएलएको एलाईन्स भएको छ ।


संगठनलाई धोका दिएको भन्दै आरपिएलए लगायतका तर्फबाट केही पदमा विद्रोही उम्मेदवारी परेको छ । तरपनि पछि केही नाम फिर्ता लिएर उम्मेदवारी निष्कृय गरिएको बताइन्छ । कोषाध्यक्ष पदमा मनोनयन पत्र दर्ता गरेका स्वतन्त्र उम्मेदवार डा. रामहरी त्रिपाठीले उम्मेदारी फिर्ता लिएर मैदान खाली गरेका छन । सामान्यतया डिएलए र एसपिएलए मिलेपछि चुनावी परिणाम त्यतै जाने आंकलन गरिदैछ । तर, धेरै बरिष्ठ र नियमित अभ्यासमा रहेका कानुन व्यवसायीहरुले मात्र चुनाव जित्ने विगतदेखिकै परम्परा रहेको कानून व्यवसायीहरुले दावी गरेका छन । त्यसो हुँदा कून गठबन्धनले कुन पदमा निर्वाचन जित्छ भन्न सकिने अवस्था नरहेको उनीहरुको भनाई रहेको छ ।


पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई अध्ययन गर्दा राजनैतिक दलसँग सम्वन्धित कानून व्यवसायी भन्दा पनि सक्षम, क्षमतावान र निरन्तर कानुन व्यवसायमा सम्लग्नले चुनाव जित्ने सम्भावना बढेको कानून व्यवसायीहरुले बताउने गरेका छन । पिपिएलएका अध्यक्ष, पदाधिकारी र सदस्यका उम्मेदवारहरू सर्वाेच्च बारमा स्थापित अनुहारहरु रहेको वरिष्ठ अधिवक्ताहरुले बताउँदै आएका छन । डिएलएतर्फका उम्मेदवार बरिष्ठ अधिवक्ता मेघराज पोखरेल व्यवसायमा जमेका उम्मेदवार मानिन्छन । उनी ल क्याम्पसको जागिरे जीवनमा रहँदा पोखरेलले सहयोग गरेका र उपप्राध्यापक हुँदा अध्यापन गराएका विद्यार्थी धेरै बारका मतदाता रहको बताइन्छ ।


योसँगै पोखरेल सरल र मिलनसार व्यक्तित्व रहेकोले उनले सजिलै चुनाव जित्ने एकाथरीका कानून व्यवसायीहरूले आँकलन गर्दै आएका छन् । स्वतन्त्र उम्मेदवार डा. रामहरि त्रिपाठीले उम्मेदवारी फिर्ता लिएसँगै  पुस ११ गते विहीवार भएको उम्मेदवार परिचय कार्यक्रममा स्वतन्त्र कानून व्यवसायी मञ्चका अध्यक्ष यज्ञमणि न्यौपानेले डिएलएतर्फका कोषाध्यक्षका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका थिए । त्रिपाठीले उम्मेदवारी फिर्ता लिएको र बरिष्ठ अधिवक्ता पोखरेलको सम्पूर्ण टिमलाई मतदान गर्न सार्वजनिक आव्हान गरेबाटसमेत उक्त गठबन्धनले पोखरेललाई थप लाभ मिलेको कानून व्यवसायीहरुले दावी गरेका छन् । (साँघु साप्ताहिक, २०८१ पुस १५) 
 

प्रतिकृया दिनुहोस