• आइतबार-पौष-२१-२०८१

गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना”को इकाई बाँडफाँड सम्पन्न

काठमाडाैं, २०७८ साल पौष १८ गते । गरिमा म्युचूअल फण्ड (Fund Manager) अन्तर्गत "गरिमा समृद्धि योजना"  (Garima Mutual Fund) को इकाई बाँडफाँड सफलतापूर्वक सम्पन्न भएको छ।

 

गरिमा विकास बैंक लिमिटेड (कोष प्रवर्द्धक) र गरिमा क्यापिटल लिमिटेड (योजना व्यवस्थापक) द्वारा सञ्चालन गरिएको यस सामूहिक लगानी कोषको पहिलो बन्दमुखी(First Close-Ended Scheme)  योजना अन्तर्गत यस कार्य सम्पन्न भएको हो ।

 

यस योजनाको बीज पुँजी सहित प्रत्येक इकाईको अंकित मूल्य रु. १० रहेको छ, र यस योजनाको सार्वजनिक निष्काशन २०८१ साल पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्म गरिएको थियो।

 

उक्त अवधिमा ९४ हजार ६ सय ८१ जना आवेदकहरुले १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका थिए।

 

   प्राप्त आवेदित इकाईहरु निष्काशन गरिएको इकाई भन्दा बढी थिए, योजना व्यवस्थापकले “सामूहिक लगानी कोष निर्देशिका, २०६९” को प्रावधान अनुसार योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्म इकाई बाँडफाँड गर्न सक्ने व्यवस्था मिलाएका थिए।

 

यसरी, योजनाको कुल आकार रु. १,२५,००,००,००० (अक्षरेपी एक अर्ब पच्चिस करोड रुपैयाँ मात्र) तय गरिएको छ, र यसरी १२,५०,००,००० (अक्षरेपी बाह्र करोड पचास लाख) इकाई कायम गरिएको छ।

 

यस कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंक र अन्य नियमन निकायहरुमा प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस