🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कतारकी राजकुमारीको प्रेममा पागल भूतपूर्व ड्राइभरलाइ तीन बर्ष प्रतिबन्ध

लन्डन, १४ पुस । बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतले लण्डनका एक व्यक्तिलाई कतारकी राजकुमारीलाई पिछा गरेको र उत्पीडन गरेको अभियोगमा सजाय सुनाएको छ ।

यसरी लन्डन अदालतबाट सजाय पाउनेमा ४७ वर्षीय अबुसलह हुन्, जो यसअघि राजकुमारीको सवारी चालकको रूपमा कार्यरत रहेका थिए । ड्राइभरमाथि अनावश्यक रूपमा राजकुमारीलाई पिछा गरेको आरोप लगाइएको थियो ।

जसलाई इहाद अबुसलहले स्वीकार गरेका छन तर अदालतमा उनको दावी यो छ कि राजकुमारी र उनी बिच गहिरो प्रेम सबन्ध रहेको छ । जसका कारण  प्रेमका लागि नै उनले राजकुमारीको पिछा गरेका हुन् । ‘मलाई लाग्छ कि राजकुमारीले पनि मलाई माया गर्छिन् र हामी दुबै रोमान्टिक सम्बन्धमा छौं,’ अदालत सामु बयानमा उनले भने । 

तर, अबुसलहका वकिलले अदालतलाई भने कि उनी मानसिक रूपमा बिरामी थिए र यही गलतफहमीका कारण उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नु परेको थियो । भूतपूर्व ड्राइभर इहाद अबुसलहले गत मार्च २०२४ मा राजकुमारीलाई निकै पछ्याउने मात्रै काम गरेनन, राजकुमारीलाइ उपहार र पैसाहरू पनि पठाउन सुरू गरे । समाचार अनुसार ती भूतपूर्व ड्राइभरले राजकुमारीको जन्मदिनमा ब्रासलेट र फूलहरू पठाएका थिए र उनलाई बारम्बार फोन गरेर हैरान गर्ने काम गरिरहेका थिए । 

अहिले यो भनिएको छ, भूतपूर्व ड्राइभर अबुसलहलाई राजकुमारीले पनि माया गर्छिन् र उनीहरुबीच रोमान्टिक सम्बन्ध रहेको छ भन्ने उनको गलत धारणा बिकास भएको छ । किनकी, श्रीमतीसँग सबन्ध बिच्छेद गरे पछि उनी थप मानसिक रूपमा बिक्षिप्त रहेका छन । 

राजकुमारीका वकिलले अदालतलाई भने कि अबुसलहको यो गलत हर्कत र कार्यले धेरै समस्यामा पारिरहेको छ। उनी राजकुमारीको निवास वरिपरि देखिने र कर्मचारीमार्फत राजकुमारीलाइ उपहार पठाएर हैरान गरिरहेका छन, जो रोक्ने प्रयास गर्दा पनि ती भूतपूर्व ड्राइभरले मानिरहेका छैनन । जसका कारण राजकुमारीले आफ्नो र आफ्नो परिवारको सुरक्षाको बारेमा निकै चिन्ता गरिररहेकी छिन, मुख्यतयाः उनका भूतपूर्व ड्राइभरवाट हैरान छिन् ।

साथै, अबुसलहका वकिलले पनि उनी मानसिक रूपमा बिरामी भएको तर्क गरेका छन्, जसका कारण उनले राजकुमारीसँगको सम्बन्धलाई लिएर गलतफहमी बढेको भन्दै उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदसमेत गरेको अदालतमा जानकारी गराएका थिए । र, बयानका आधारमा अदालतले अबु सलाहलाई दोषी ठहर गरेको हो । 

उनलाई १२ महिनाको सामुदायिक आदेशसँगै ३० दिनको पुनर्वास गतिविधिमा भाग लिन आदेश दिइएको छ । साथै अदालतले कम्तीमा तीन वर्षको प्रतिबन्ध आदेश जारी गरियो, जसमा अबुसलहलाई राजकुमारी र उनको परिवारसँग सम्पर्क गर्न र उनीहरूको घरको वरिपरि घुम्न प्रतिबन्ध लगाइएको छ ।