🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।

मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयाजना गरेको एक कार्यक्रमकाबीच  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलेफ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन् । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

उनले भने,‘खेलकुदको माहोल हुँदा हुँदै पनि सरकार,मन्त्रालय,परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर कानून नमान्ने धेरै सृजना भएको छ । म आग्रह गर्छु संघका साथिहरु निर्णय विरुद्ध काम गर्नु भयो भने त्यो संघहरुलाई कडा कारबाही हुन्छ ।’

‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।