मेडिकल रिपोर्टमा हुने लुटतन्त्रमा मन्त्रीको नजर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य चेकजाँच अर्थात् मेडिकल रिपोर्ट सरकारी अस्पताल दिने गरी पहल सुरु गर्ने तयारी अगाडि बढाएको छ । यदि यो विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहमत भएको खण्डमा अहिले निजी क्षेत्रबाट भइरहेको लुटतन्त्र नियन्त्रण हुने र यस्तो सेवा निजी क्षेत्रको भन्दा आधा खर्चमा उपलव्ध गराउन सकिने मन्त्रालय स्रोतको भनाई रहेको छ । यो विषयमा श्रम मन्त्री शरतसिंह भण्डारीले व्यवसायीहरुलाई कन्भिन्स गरेको खण्डमा थप सेवा सजिलै सुरु गर्न सकिने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यस्तै विभिन्न पालिकास्तरबाट वितरण हुने ९८ प्रकारका औषधि निशुल्क वितरण हुँदै आएपनि बिमा बापतको औषधि बिरामीहरुले सजिलै प्राप्त गर्न सकिरहेका छैनन् । त्यसको व्यवस्था पनि सरकारी अस्पतालबाट वितरण गर्न सकिएको खण्डमा निकै प्रभावकारी हुने सोच स्वास्थ्य मन्त्रालयको रहेको स्रोत बताउछ । क्यान्सर, मिर्गौला जस्ता गंभीर रोगमा दिइने रकमलार्ई थप व्यवस्थित गर्नका लागि स्वास्थ्य मन्त्री पौडेलले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग गंभीर ढंगले छलफल गरिरहेको बुझिएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उठाएका यी यस्ता किसिमका समसामयिक बिषयबस्तुलाई प्रधानमन्त्री कोपी ओलीले पनि सकारात्मक रुपमा लिने गरेको बताइएको छ । यतिखेर वर्तमान मन्त्रिपरिषदका सदस्यहरुमध्ये स्वास्थ्य मन्त्री पौडेलको काम कारवाहीबाट प्रधानमन्त्री केही रुपमा उत्साहित रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । यसैबीच, मुलुकमा नयाँ संविधान ०७२ सालमा जारी भएपश्चात स्वास्थ्य मन्त्रालयकोे नेतृत्व गर्न पुगेका हरेक मन्त्रीहरुलाई खुसी बनाएर कमिशनमा राम्रै ‘तर’मार्दै आएका व्यवस्थापन महाशाखामा अड्डा जमाएका डा। सुरेन्द्र चौरसियालाई मन्त्री पौडेलको ठूलै जोडबलमा उपचारात्मक महाशाखा खटाइएको छ ।
चौरसिया करोडौं करोडको स्वास्थ्य उपकरण खरिद विषय र कमिशनमा पटक पटक विवादमा परिरहने कर्मचारी हुन् । व्यवस्थापन महाशाखामा भने मन्त्रालयको समन्वय महाशाखामा कार्यरत दयाकृष्ण पन्तलाई खटाएको छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा। बद्री रिजाललाई दिइएको छ । सेन्टरको नेतृत्व गरिरहेका डा। रुद्र मरासिनीलाई हटाएर डा। रिजाललाई जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि पनि डा। रिजालले सेन्टरमा उक्त जिम्मेवारी सम्हालिसकेको बताइन्छ । अबका दिनमा डा। मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकको रुपमा कार्य गर्ने स्रोत बताउँछ । टेकु सरुवा रोग अस्पतालमा कार्यरत रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । वीर अस्पतालको नर्सिङ क्याम्पसकी बन्दना थापा भने टेकु अस्पताल सरुवा भएकी छिन् । (साँघु साप्ताहिक, २०८१ पुस १)

प्रतिकृया दिनुहोस