कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतार सकारात्मक
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा बालबालिकाको उपचारका लागि विशेषीकृत अस्पताल, कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग पुर्याउन कतारसँग आग्रह गरेका छन्।
मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य उपचारको स्तरमा सुधार ल्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) निर्माण गरी योजना अघि बढाएको जानकारी दिए। यस योजनामा कतारबाट सहयोगको अपेक्षासमेत गरिएको छ।
कान्ति बाल अस्पतालको पूर्वाधार विस्तारको लागि स्वास्थ्य मन्त्री पौडेलले कतारको सहयोगलाई महत्त्वपूर्ण मान्दै कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटघाट गरे।
मन्त्री पौडेलले सरकारले बालबालिकाको स्वास्थ्य सुधारलाई प्राथमिकता दिइरहेको र यसका लागि कतारसँग सहकार्यको अपेक्षाको कुरा राखे।
मन्त्री पौडेलले कतारमा कार्यरत नेपाली नागरिकहरूको योगदानको चर्चा गर्दै कतार सरकारको नेपालमा विकाससम्बन्धी योगदानको प्रशंसा गरे।
कतारी राजदूत अन्सारीले नेपाल र कतार बीचको मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउँदै सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने चाहना व्यक्त गरे। उनले भने, "कतार च्यारिटी संस्था नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ र अब हामी कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा पनि सहयोग गर्न सकारात्मक छौं।"
यस सहकार्यले नेपालमा बालबालिकाको उपचार सेवा थप सुदृढ र उन्नत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस