🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णाली प्रदेश सरकारद्वारा स्थानीय तहलाई अख्तियारी प्रदान

कर्णाली, ३ पुसः कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । २०८१ पुस २ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका

स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि अख्तियारी प्रदान गरेको हो ।

त्यसैगरी, बैठकले बड्डीचौर–बिउरेनी–बावियाचौर–विद्यापुर सडकखण्ड (१३ दशमलव एक) किलोमिटर सडकलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ संशोधन गर्ने र परियोजना सम्झौता गर्नका लागि सहमति प्रदान गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

यस्तै सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि र अपाङ्गता प्रदेश निर्देशन समिति गठन तथा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । बैठकले अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सङ्घ प्रदेश र स्थानीय तह सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।