🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार महासङ्घ ताप्लेजुङको अध्यक्षमा आचार्य

ताप्लेजुङ, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

शुक्रबार सम्पन्न अधिवेशनले आर्चायलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो । 

यस्तै उपाध्यक्षमा सन्तोष पुर्कुटी र महिला उपाध्यक्षमा सङ्गीता कार्की चयन हुनुभएको छ । सचिवमा कृष्ण फुरुम्बो लिम्बू, सहसचिवमा साहारा लंवा लिम्बू र मनमाया लिम्बू (मनु), तथा कोषाध्यक्षमा मदन गौतम निर्वाचित भएको संयोजक पौडेलले बताउनुभयो ।

कार्यसमितिको सदस्यहरूमा सुनिता रसाइली, किरण विक, तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बो, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली रहनुभएको छ । यसैगरी प्रदेश परिषद् सदस्यमा दिनेश लिङखिम, सुर्यकुमार लिम्बू (आलोक) र केन्द्रीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिबीच सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो । 
–––