🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने

टोकियो, २६ मङ्सिर (रासस/सिन्ह्वा) : जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ ।

सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ । जापानमा अप्रिल सन् २०२६ देखि सुर्तीजन्य करहरू क्रमशः बढ्ने सम्भावना छ ।

प्रतिवेदनका अनुसार जापानले आर्थिक वर्ष सन् २०२७ देखि पाँच वर्षसम्म राष्ट्रिय रक्षामा कुल ४३ ट्रिलियन येन (लगभग २८४ बिलियन अमेरिकी डलर) खर्च गर्ने योजना बनाएको र सरकारले कर वृद्धि मार्फत वार्षिक एक ट्रिलियन येन थप संकलन गर्ने लक्ष्य राखेको छ ।

सरकार र सत्तारुढ दलहरूले आगामी वैशाखदेखि सुरु हुने आर्थिक वर्ष सन् २०२५ का लागि बृहत् कर सुधार योजनाको मस्यौदा तयार गरिरहेका छन् । कर वृद्धिको अन्तिम कार्यतालिका डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न हुने मस्यौदामा उल्लेख हुने अपेक्षा गरिएको प्रतिवेदनमा भनिएको छ ।

जापानको सैन्य बजेटको विस्तारले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढाएको छ ।