गृहका उपसचिवहरुको सरूवा
काठमाडौं । गृह मन्त्रालयले एकवर्ष अवधि पूरा गरेका एक दर्जन सहायक प्रमुख जिल्ला अधिकारी र उपसचिवहरूको अघिल्लो साता सरूवा हेरफेर गरेको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयमा कार्यरत उपसचिव चिरञ्जीवी भण्डारीलाई भने जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलमा कार्यरत कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई मन्त्रालयमा तानेर उपसचिव अञ्जन न्यौपानेलाई सो कारागार प्रशासकमा खटाइएको बताइन्छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयमा कार्यरत उपसचिव गीता घिमिरेलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेलाई कारागार कार्यालय सुनसरीको झुम्का कारागारमा सरुवा गरिएको छ । उक्त कार्यालयमा कार्यरत कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई जिल्ला प्रशासन कार्यालय धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको छ ।
मन्त्रालयका उपसचिव खगेन्द्र सुवेदीलाई जिल्ला प्रशासन कार्यालय धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको छ । सो जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीलाई मन्त्रालय तानिएको छ । मन्त्रालयका उपसचिव चूडामणि शर्मा गौतमलाई जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको छ । गृहका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको स्रोतले जानकारी दिएको छ ।
तीन सहसचिवको जिम्मेवारी हेरफेर
त्यसैगरी, मन्त्रालयले तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरिय निर्णय गर्दै मन्त्रालयमा कार्यरत तीन सहसचिववको जिम्मेवारी हेरफेर गरेका छन । जसअनुसार पाल्पाको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा भित्रिएका सहसचिव आनन्द काफ्लेलाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारीमा खटाइएको छ ।
यसअघि उक्त जिम्मेवारीमा रहेका सहसचिव डा.टोकराज पाण्डेलाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखमा खटाइएको छ । विपद् महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव डा.भिष्मकुमार भुसाललाई भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा खटाइएको मन्त्रालयस्रोतले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस