बाघ आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक गोठाला घाइते भएका छन् ।
सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि आक्रमण गरेको हो । गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए ।
बाघको आक्रमणबाट घाइते साउँदको चिउडो र हातमा गम्भीर चोट लागेको छ । उनको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस