साँघु सम्पादकीय : राष्ट्रहितको पक्षमा सोच्न किन कन्जुस्याइँ
संसारभरीका मानिसहरुले आ–आफ्नो मुलुकमा शान्ति, सामाजिक सद्भाव, सुशासन र सुव्यवस्थाको स्थापना होस्, मुलुकको अन्तर्राष्ट्रिय शाख वा प्रतिष्ठामा बृद्धि होस्, आफ्नो मुलुक समृद्ध होस्, आफ्नो जीवनस्तरमा सुधार होस् , जीवनयापन सहज होस् तथा मुलुक र नागरिकको स्वाभिमानप्रति सरकार र समाज संवेदनशील रहुन्, बनुन् भन्ने सपना संगालेका हुन्छन् ।
नेपालीहरुको सपना पनि संसारका अरु मुलुकका मानिसको सपनाभन्दा फरक छैन । तर, नेपालको परिवेश नेपालीहरुको इच्छा आकांक्षा अनुरुपको हुन सकेको छैन–नेपालीहरु यथास्थितिप्रति निराश भइरहेका छन् मुलुक र आफ्नो अवस्थामा सुधारका विकल्पहरु चिन्ने, खोज्ने, निर्माण गर्ने प्रयत्नमा समेत अग्रसर हुन थालेका देखिन्छन् । अर्कातिर, आफूले जनता र देशका सपना साकार पार्ने सपना पोखेर सत्ता र शक्तिको नजिकमा पुगेका राजनीतिक दल र राजनीतिक नेताहरुमा कर्तव्यबोधको भावना जाग्रत भएको अनुभव हुन सकेको प्रतीत हुँदैन ।
सरकार प्रमुखले विदेश भ्रमण गर्ने बेलामा सरकार प्रमुखको विदेश भ्रमणबाट मुलुकको शाख के कसरी बढाउन सकिन्छ भन्नेकुरामा राजनीतिक दल, शक्ति र व्यक्तिहरुले ध्यान दिन्छन् र दिनुपर्छ भन्ने मान्यता रहेको हुन्छ । संविधानसम्मत ढंगले निर्वाचित सरकारप्रति राजनीतिक दल, नेता र व्यक्तिले मर्यादित टिप्पणी र व्यवहार गर्नुपर्छ भन्ने मान्यता समेत रहेको हुन्छ । तर, नेपालमा राजनीतिक दल, नेता र नगर महानगरका मेयर तथा वार्ड सदस्य समेत सबैले आफूलाई सर्वेसर्वा ठान्छन् , आफूले जे ग¥यो त्यसैलाई मर्यादा ठान्छन् र सरकार प्रमुख र सरकारप्रति अपमानजनक टिप्पणी र व्यवहार गर्ने कुरालाई नै आफ्नो कर्तव्य ठान्छन् कि भन्ने अनुभूति हुन थालेको अवस्था छ ।
एकजना पूर्व प्रधानमन्त्रीले त नेपालका प्रधानमन्त्रीले प्रधानमन्त्री भएपछि पहिलोपटक चीनको भ्रमण गर्नुहुँदैनथ्यो भन्ने अर्थ लाग्ने खालको लज्जास्पद र नसुहाउँदो सार्बजनिक अभिव्यक्ति दिएर घुमाउरो पाराले देशको स्वाधीनताको उपहास गर्ने र नेपालको सार्वभौमसत्ताको अपमान गर्ने काम समेत गरेका छन् । प्रधानमन्त्री वा सरकार प्रमुखले एउटा छिमेकी मित्र राष्ट्रको भ्रमण गर्न लागेको बेलामा विदेश भ्रमण सफल हुन नदिने र एउटा छिमेकी मुलुकसंगको मुलुकको सम्बन्ध बिगारेर मुलुकलाई अर्को कुनै खास मुलुकमाथि पूर्णरुपले आश्रित राख्ने, बनाउने प्रपंच त भइरहेको छैन भन्ने प्रश्न र आशंका समेत अहिले सर्वत्र उठ्न थालेको पाइन्छ ।
विश्व बैंकसंग, भारत अमेरिकासंग मात्रै ऋण लिनुपर्छ, चीनसंग लिनुहुँदैन भन्ने खालको समाजमा प्रभाव पार्ने र सन्देश दिने प्रयत्न नेपाली कांग्रेसको हो भने त्यस्तो सोंच पनि नेपालका प्रधानमन्त्रीले प्रधानमन्त्री भएपछि लम्पसार परेरै, जीहजुरी गरेर वा उसले जे माग्यो त्यही दिएर भए पनि पहिले भारतको भ्रमण नगरी अरु मुलुकको भ्रमण गर्नुहुँदैन भन्ने ‘प्रचण्डेली’ सोचभन्दा फरक होइन र त्यसभन्दा सानो देशद्रोह पनि अरु होइन भन्ने कुरामा नेपाली कांग्रेसको मात्र होइन, सर्वसाधारण जनताको समेत ध्यान जानुपर्ने देखिन्छ । साँच्चै भन्ने हो भने अहिले नेपालीहरुले देशको स्वाधीनताको रक्षाको निम्ति कठोर निर्णय लिंदा पद जान्छ भने हाँसी हाँसी पद छाड्न सक्ने प्रधानमन्त्रीको प्रतीक्षा गरिरहेका छन् भन्नेकुरा सबै राजनीतिकर्मीहरुले बुझ्न जरुरी छ ।
अहिले काठमाण्डौ महानगरपालिकाले सत्तारुढ दल एमालेले प्रदर्शनको क्रममा सार्बजनिक स्थल फोहोर पारेको भनेर एमालेलाई एक लाख रुपैयाँ जरिमाना गरेको खबर सार्बजनिक भएको कुराले पनि तरंगको सिर्जना गरेको छ । वातावरण सफा राख्नुपर्छ र फोहोरमैला जथाभावी फाल्नुहुँदैन भन्नेकुरामा कोही पनि असहमत हुन सक्दैन र हुनु पनि हुँदैन । विरोध प्रदर्शन र सभाको नाममा सार्वजनिक स्थलमा फोहोर मैला फाल्ने काम कुनै पनि राजनीतिक दलहरुले गर्न हुँदैन, सत्तारुढ दलहरुले त झन् गर्नैहुँदैन । अहिले काठमाण्डांै महानगरपालिकाले फोहोर गरेको भनेर एमालेलाई जरिवाना गरेको कुरामा एमालेले मेयरप्रति आक्रोश प्रकट गरेको खबर समेत चर्चामा छ ।
फोहोर मैला व्यवस्थापन र सरसफाई स्थानीय सरकारले मात्र ध्यान दिनुपर्ने विषय होइन, यसमा प्रदेश र केन्द्र सरकारको साथसाथै राजनीतिक दलले पनि सहयोग गर्नुपर्छ । त्यसैले एमालेको सभा र प्रदर्शनको क्रममा प्रदर्शन स्थलमा थुप्रिएको फोहोर मैलाको विसर्जन गर्ने काममा एमालेले सहयोग गर्नुपर्छ, महानगरपालिकाले जरिवाना तिर्नुपर्छ भन्ने अडान लिन्छ भने तिर्ने उदारता समेत देखाउनुपर्छ । अर्कातिर काठमाण्डांै महानगरपालिकाका मेयर बालेनले पनि आफ्ना कार्य र ब्यवहारको समीक्षा गर्नुपर्छ । काठमाण्डौंमा अरु दलहरुले प्रदर्शन गरेको बेलामा ती दललाई जरिवाना गरेको कुरा सार्बजनिक भएको थिएनख। अरु दलले फोहोर फाले पनि जरिमाना तिर्नुपर्दैन भन्ने सोंच राख्छन् मेयरले भने त्यो असन्तुलित र पक्षपात तथा पूर्वाग्रहपूर्ण सोंच हुन्छ भन्नेकुरामा मेयरको ध्यान जान जरुरी छ । यसबाट बालेन पनि अरु राजनीतिकर्मीभन्दा निस्पक्ष र पूर्वाग्रह रहित रहेनछन् भन्ने सन्देश समाजमा पुग्ने संभावना बढेको पनि छ ।
पछिल्ला समयमा मेयर बालेनका अभिब्यक्तिले उनलाई एमालेप्रति अलि बढी नै पूर्वाग्रही देखाउँछ, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी पार्टीप्रति उनी नरम छन् भन्ने आरोप पनि उनी माथि लाग्ने गरेको छ । उनलाई पनि अरुलाई जस्तै अभिव्यक्ति स्वतन्त्रता छ तापनि मेयरको रुपमा उनका निर्णयहरु निष्पक्ष हुनुपर्छ भन्नेकुरामा उनले ध्यान दिन जरुरी छ । बालेनतिर अहिले धेरै नेपाली जनताले आशाले हेरिरहेका छन् ।
आम नेपाली जनताको उनीप्रतिको आशा र भरोसालाई मर्न नदिने हो भने बालेनले आफ्ना ब्यवहारलाई सन्तुलित र संयमित बनाउन जरुरी छ । मैले जे गरे पनि हुन्छ, जे लेखेर पोस्ट गरे पनि मानिसले पत्याउँछन्, मैले दल विशेष र तिनका नेताप्रति पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिए पनि जनताले मेरै कुरा पत्याउँछ्न् भन्ने बालेनको सोंच छ भने उनले आफूलाई त्यस्तो भ्रमबाट मुक्त गराउनु राम्रो हुन्छ । बहुसंख्यक मानिसहरुले बालेनलाई अहिलेसम्म कामकाजी राष्ट्रप्रेमी मानिसको रुपमा हेरिरहेका छन्, मुलुकलाई एउटा विदेशी मुलुकको उपग्रह मुलुकको रुपमा हेर्न खोज्ने प्रचण्ड विचलन उनमा नआओस् भन्ने नेपाली जनताको कामना समेत छ भन्नेकुराको पनि उनले हेक्का राख्न जरुरी छ, हुन्छ ।
अहिले पनि नेपाली जनताले दासको होइन, देश र जनताको हित र स्वाभिमानलाई सर्वोपरी ठान्ने स्वाभिमानी नेताको उदयको सपना देखिरहेका छन् भन्नेकुरामा सबैको समयमै ध्यान जाओस् – हामी सबैको हार्दिक कामना छ । (साँघु सम्पादकीय, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस