🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य

काठमाडौं, १२ मंसिर । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यही वर्ष जुनमा आफ्ना लामो समयदेखिका प्रेमी जहीर इकबालसँग विवाह गरेकी थिइन् । सोनाक्षी र जहीरको विवाहको तस्बिर भाइरल भएपनि यो विवाहलाई लिएर उनीहरुलाई धेरै ट्रोलिङको सामना गर्नुपरेको थियो ।

धेरैले सोनाक्षी र जहीरको विवाहको विरोध गरे किनभने उनीहरु फरक धर्मका थिए तर उनीहरु दुबैमा त्यसको कुनै असर भने परेन । सोनाक्षी विवाहपछि निकै खुसी छिन् र हालै उनी पति जहीर र पिता शत्रुघ्न सिन्हासँग ‘द ग्रेट इन्डियन कमेडी’ शोमा देखिएकी थिइन् ।

सोनाक्षीसँगै उनका बुबा शत्रुघ्न र आमा पुनम सिन्हा पनि कपिलको शोमा सहभागी भएकी थिइन् । साथै श्रीमान् जहीर इकबाल पनि यस शोको हिस्सा बनेका छन् । सम्पूर्ण परिवारको उपस्थितिका कारण  कार्यक्रममा निकै रमाइलो र उत्साह थियो । यसै क्रममा दबंग गर्ल भनेर चिनिने सोनाक्षी सिन्हाले पनि एउटा रोचक खुलासा गरेकी छिन् ।

सोनाक्षीले आफ्ना बुवा शत्रुघ्न सिन्हालाई तपाईं आफ्नो ज्वाइँलाई राम्ररी नचिनेको बताइन् ।

उनी भन्छिन्, ‘यदि कसैले छोरीलाई चुप लगाउन सक्छ भने त्यो मात्र हो ।’ यसको जवाफमा जहीर मुस्कुराउँदै भन्छन्, ‘यो झूट हो । नजिकै बसेका शत्रुघ्नले ठट्टा गर्दै भन्छन्,  ‘त्यसो भए छोरी सहि ठाउँमा गइन् ।' यसपछि सिन्हा परिवारका सबैजना कपिल शर्मासँगै हाँस्न थाल्छन् ।