बीआरआईमा कांग्रेसभित्र दुईधार : निर्णायक देखिइन् राणा
काठमाडौं । चिनियाँ सहायता परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई लिएर कांग्रेसभित्र नै दुई धार देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा चिनियाँ सहायताअन्तर्गतको बीआरआई परियोजनामा सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ । सार्वजनिक रुपमा अभिमत बनाएर कांग्रेसभित्र दबाब बढाउने गरिको भूमिकामा प्रवक्ता प्रकाशशरण महत देखिएका छन् ।
अमेरिकी सहायता परियोजनालाई जसरी पनि संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा अडान राखेका महत अहिले चिनियाँ परियोजनाको पनि विपक्षमा उभिएका छन् । उनी तिनै मन्त्री हुन् जसले परराष्ट्रमन्त्री हुँदा बीआरआई सहायता परियोजना स्वीकार गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । केही बर्षदेखि बीआरआई परियोजनाको विपक्षमा रहेका कांग्रेस नेता महतबाहेक धेरैले भने मुख खोलेका छैनन् । सार्वजनिक रुपमा अभिव्यक्ति दिएका नेताहरुमा महतपछि विमलेन्द्र निधि रहेका छन् । निधिले पनि सार्वजनिक रुपमा बीआरआई परियोजनाबाट ऋण लिन नहुने तर्क गर्दै आएका छन् । उनीहरुको बाहिरी तर्क चाहिँ बीआरआईबाट ऋण लिन नहुने भन्ने रहेको छ ।
बीआरआई परियोजना नै स्वीकार गर्न नहुने अडानमा रहेका उनीहरुले ऋणलाई भने प्राथमिकतामा राखेका छन् । जबकि बीआरआईअन्तर्गत ऋणबाहेक अनुदानमा रहेको बीआरआई पक्षधरहरुको भनाइ रहेको छ । बीआरआईलाई पुरै अस्वीकार गर्न नहुने र सहायता लिनुपर्ने पक्षमा महामन्त्री गगन थापासहित सभापति शेरबहादुर देउवापत्नी आरजु राणाहरु देखिएका छन् । राणा बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने मनसायमै रहेका कारणले परराष्ट्र मन्त्रालयमा तयारी पनि भइरहेको छ । तर, कांग्रेसभित्र भारत र अमेरिकीहरुको दबाब बढ्दै गएका कारणले कांग्रेसले औपचारिक निर्णय भने लिन नसकेको बताइन्छ । विदेशी शक्तिकेन्द्र पनि यो मुद्दामा तानिएका कारणले बीआरआईको विषय कांग्रेसभित्र पेचिलो बन्दै गएको छ ।
बीआरआईमा जाने पक्षमा आरजु राणा रहनुको कारण चाहिँ चिनियाँहरुसँग उनको सम्बन्ध रहुनलाई लिइन्छ । आरजु राणा संलग्न युलियन्स स्कूललाई चिनियाँहरुले सहयोग पनि गरेका छन् । त्यसो त, कांग्रेसका नेता प्रकाशमान सिंह पनि बीआरआईको विषयमा सकारात्मक रहेका छन् । तर, उनी सार्वजनिक रुपमा भने बोलिरहेका छैनन् । महामन्त्री थापा भने बीआरआईको विषयमा कुनै न कुनै सहमति जुटाउनुपर्ने धारणा राखिरहेका छन् । महतलाई साथ दिनेमा निधिबाहेक एनपी साउदहरुको टीम पनि रहेको छ । यद्यपि, यो टीम भने आरजु राणासँग नजिक रहेको छ ।
त्यसैले, बीआरआईमा कांग्रेसभित्रको दुईधारले पनि प्रधानमन्त्री ओलीलाई निर्णय लिन समस्या हुने बताइन्छ । यद्यपि, सभापति शेरबहादुर देउवा भने चीनसँग सम्बन्ध विगार्ने पक्षमा भने रहेका छैनन् । तर, पार्टीभित्र र बाहिरबाट बीआरआईको पक्षमा नखुल्न दबाब रहेका कारण मौन देखिएको विश्लेषण भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस