🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घरमै बसेर यसरी दाँत चम्काउनुस् —

काठमाडौं, २२ पुष : भनिन्छ मानिसको मुस्कानबाट नै उसको व्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् । 

तर कतिपय अवस्थामा आफ्नो पहेँलो दाँतका कारण कति मानिसहरु खुलेर हाँस्न पनि सक्दैनन् । जसको कारण मानिसहरु उनीहरुलाई घमण्डीको नजरले हेर्ने गर्दछन् । धेरै महंगो टुथपेस्ट प्रयोग गर्दा पनि दाँतको पहेँलो रंग नजाने समस्याले धेरैलाई सताइरहेको हुनसक्छ । 

यस्तो अवस्थामा यस्ता घरेलु चिजहरु छन्, जसले दाँतको पहेँलोपन हटाउन मद्दत गर्नसक्छ । जसको प्रयोगबाट आफ्नो दाँतमा पुनः चमक ल्याउन सकिन्छ । 

स्ट्रबेरी 

\"\"
स्ट्रबेरी दाँतको पहेँलोपन हटाउनको लागि रामवाण सावित हुनसक्छ । स्ट्रबेरीमा हुने एन्जाइम मैलिक एसिड र भिटामिन सी ले दाँतको पहेँलोपना हटाई दिनेछ । स्ट्रबेरीले ब्रस गर्न नसकेको अवस्थामा यसलाई चपाएर खान पनि सकिन्छ । 

फ्लोसिङ

\"\"
अधिकतम दन्त विशेषज्ञहरु के मान्छन् भने ब्रसिङको तुलनामा फ्लोसिङ ( दाँत सफा गर्ने धागो) धेरै महत्वपूर्ण हुनछ । फ्लोसिङले दाँतका बीचबाट पहेँलोपन हटाउँछ । यसर्थ हप्तामा कम से कम दुईपटक फ्लोसिङ गर्नुपर्ने हुन्छ । 

बेकिङ सोडा र कागती

\"\"
दाँत सफा गर्नको लागि सबैभन्दा प्रचलिच घरेलु उपाय हो, बेकिङ सोडा र कागती । यी दुईको रासायनिक प्रतिक्रियाले पहेँलो दाँतलाई सेतो र चम्किलो बनाउन मद्दत पुग्छ । 

स्याउ 

\"\"
दाँत सफा बनाउनका लागि फलफूल र सब्जीको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ । त्यसैले स्याउ, गाँजर जस्ता फलफूल दाँतको लागि धेरै राम्रो मानिन्छ । यसले प्राकृतिक टुथब्रसको काम गर्ने गर्दछ ।