काठमाडौँ, १९ पुस । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ ।
न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो । अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ ।



