🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार

काठमाडौँ, ११ कात्तिक : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।  

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले सय दिनमा गरिएका कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गर्नुभयो । उहाँले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताउनुभयो । 

यस्तै, मन्त्रालयले सय दिनभित्र कार्यसम्पादन गरेका उपलब्धिमध्ये प्राकृतिक प्रकोपको विपतमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिलाई मानसिक र शारीरिक राहत प्रदान रहेको मन्त्री सुडीले जानकारी दिनुभयो । उहाँले विपत्पीडित एक हजार एक सय ६५ जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिनाका साथै, बालबालिका, महिला र अशक्तलाई आवश्यक राहत सामग्री प्रदान गरेको बताउनुभयो । 

कुल रु एक अर्ब ६० करोड १३ लाख ४० हजार बजेट रहेको यस मन्त्रालयले नेपालको कुल जनसङ्ख्याको ७७ दशमलव १६ प्रतिशत जनसङ्ख्याको नेतृत्व गर्दै आएको बताउँदै मन्त्री सुडीले ठूलो जिम्मेवारी तर सीमित स्रोतसाधन मन्त्रालयको कार्यसम्पादनको मुख्य चुनौती रहेको बताउनुभयो ।

दश स्थानीय तहबाट सडक बालबालिकाको तथ्याङ्क माग गरिएकामा ५६ जनाको तथ्याङ्क आएको र उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद्मार्फत उद्धार, पुनर्स्थापनामा प्रक्रिया अघि बढेको, हराएका बालबालिका खोजेर परिवारलाई पुनर्मिलन गराएको, मानव बेचबिखन तथा ओसारपसारपीडित÷प्रभावित ७७ महिलाको उद्धार गरिएको लगायत कार्य मन्त्रालयले उपलब्धिका रुपमा लिएको छ ।