🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वर्षकै बढी चिसो  : शून्य डिग्रीमा झ¥यो काठमाडौँको तापक्रम

काठमाडौँ, १६ पुस (रासस) ः काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । 

आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो । अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ । विभागका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस अधिकतम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।