🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन् । उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन् ।

अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए ।