🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेशका अर्थ मन्त्री जितेन्द्रद्वारा भौतिक पूर्वाधार विकासमा जोड

रौतहट । मधेस प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादव ( जितेन्द्र)ले भौतिक पूर्वाधार विकास निर्माणमा जोड दिने प्रतिवद्धता जनाएका छन् । गृहनगर रौतहटको फतुवा विजयपुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जितेन्द्रले उक्त प्रतिवद्धता जनाएका हुन् । फतुवा विजयपुर-११ हिमालिवासमा भेट्घाटको क्रममा कार्यकर्ताहरूले गाउँ, टोल तथा पालिकाको विकासबारे प्रश्न राखेका थिए ।

स्थानीयले खानेपानी, ढल तथा नाला, बाटोघाटोको सम्स्याबारे राखेको प्रस्तावमा अर्थ मन्त्री यादवले उक्त समस्याहरू तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । अर्थ मन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक आफ्नो पालिका पुगेका सुनिल जितेन्द्रलाई जनप्रतिनिधि  तथा नगरafसीले फूलको माला लगाई, खाँदा ओढाएर स्वागत गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यसअघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको दोहोर्‍याएका थिए । सो क्षेत्रका स्थानीयले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण इमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए।