🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूल भुलैया सिक्वेल–३ मा कार्तिक आर्यन कन्फर्म, तब्बुद्वारा अस्वीकार

मुम्बई । अक्षय कुमार र विद्या बालन अभिनित हरर कमेडी फिल्म ‘भूल भुलैया’ को अत्याधिक सफलतापछि गत वर्ष रिलिज भएको फिल्म ‘भूल भुलैया २’ को सिक्वेल रिलिज भएको थियो, जसले दर्शकको निकै माया पाएको थियो । 

यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्यो र धेरै मन पराएको फिल्म मध्य एक हो । फिल्ममा कार्तिक आर्यन, तब्बु र कियारा आडवाणी देखिएका थिए । योसँगै यो फिल्मको तेस्रो फ्रेन्चाइज अर्थात् ‘भूल भुलैया ३’ को तयारी पनि तीव्र रुपमा भइरहेको छ, जसलाई लिएर फ्यानहरु पनि निकै उत्साहित छन् ।

यसैबीच, चलचित्रको कलाकारको बारेमा ठूलो अपडेट आएको छ । तेश्रो पार्टमा को को देखिनेछन् र कसले फिल्मलाई रिजेक्ट गरेका छन् त ? बाहिर आएको अपडेटका अनुसार फिल्मको पहिलो भागबाट धेरै क्यारेक्टर देख्न सकिन्छ तर तेस्रो भागमा नदेखिने धेरै क्यारेक्टर छन् ।

बाहिरिएको जानकारी अनुसार ‘भूल भुलैया ३’ को स्क्रिप्ट फाइनल भइसकेपछि अब फिल्ममा देखिने कलाकार छनोट गरिने भएको छ । रिपोर्टका अनुसार कार्तिक आर्यनले  ‘भूल भुलैया २’ मा  ‘रुह बाबा’ को भूमिका निभाएका थिए, जसलाई निकै मन पराइएको थियो । योसँगै ‘भूल भुलैया ३’ मा ‘रुह बाबा’ अर्थात कार्तिक आर्यन मुख्य भूमिकामा देखिने पक्का भएको छ । 

यसबाहेक फिल्ममा अन्य कलाकार देखिने वा नआउने भन्ने टुंगो भइसकेको छैन । फिल्ममा अक्षय पनि देखिन सक्ने बताइएको छ तर यो दोस्रो भागको लागि पनि भनिएको थियो, जसमा उनी देखिएनन् ।

भर्खरै आएको खबर अनुसार ‘भूल भुलैया २’ मा मञ्जुलिकाको भूमिका निर्वाह गरेकी तब्बुले  ‘भुल भुलैया ३’ को अफर अस्वीकार गरेकी छिन् । यो फिल्मका लागि अभिनेत्रीलाई ठूलो रकमको अफर आएको पनि बताइएको छ तर तब्बुले फिल्म अस्वीकार गरिन् । तर, उनको भूमिकालाई लिएर फ्यानहरु उत्साहित थिए । 

भनिन्छ कि तब्बु एउटै चरित्र दोहोर्याउन चाहँदिनन् । फिल्ममा को नायिका रहने र को नरहने भन्ने कुरा भने अहिलेसम्म खुलाइएको छैन ।