🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’व्हाइट लङ सिन्ड्रोम\’ : चीन पछि अमेरिकामा फैलिँदै, डब्लुएचओले भन्यो \’खतराको संकेत\’

न्युयोर्क । श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाए पछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् । 

तर, यसलाई कुनै खतराको संकेत भन्नुको सट्टा सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ । चीनपछि अब अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो । अमेरिका बाहेक डेनमार्क र नेदरल्याण्डमा पनि यसका केसहरू रिपोर्ट भइरहेका छन् ।

यो रहस्यमय निमोनियालाई ‘व्हाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ । यो रोगले प्रायः ३ देखि ८ वर्षका बालबालिकालाई असर गर्छ । यो रोग किन सर्छ भन्ने ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन । 

तर, कतिपयले यो रोगको कारण माइकोप्लाज्मा निमोनिया ब्याक्टेरियाबाट हुने संक्रमण भएको बताएका छन् । यस संक्रमणका कारण फोक्सो प्रभावित हुन्छ । तर, अहिलेसम्म यो र चीनमा बालबालिकामा हुने श्वासप्रश्वाससम्बन्धी रोगबीच कुनै सम्बन्ध भेटिएको छैन । तर बढ्दो केसहरू हेर्दा यो खतराको संकेत हुन सक्छ।

‘व्हाइट लङ सिन्ड्रोम’ के हो ?

यो रहस्यमयी रोगलाई व्हाइट लङ सिन्ड्रोम नाम दिइएको छ किनभने यसबाट प्रभावित हुँदा फोक्सोमा सेतो दाग देखिन थाल्छ । यो रोगका कारण फोक्सोमा सुन्निने हुन्छ । जसका कारण फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ । यो सुरुमा हल्का हुन्छ तर पछि गम्भीर हुन सक्छ।

के भन्छ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई खतराको संकेत बताएको छ ।  यसको लक्षण कोभिड संक्रमणसँग मिल्दोजुल्दो भएकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि यस विषयमा प्रतिवेदन लिएको छ । यस नयाँ संक्रमणमा चीनबाट प्रतिक्रिया पाएपछि डब्ल्यूएचओले हाल चीनमा श्वास प्रश्वास सम्बन्धी रोगहरूको पछिल्लो केसहरू माइकोप्लाज्मा निमोनियाजस्ता ज्ञात भाइरसहरूको संक्रमणसँग सम्बन्धित रहेको बताएको छ । 

विश्व स्वास्थ्य संगठनले पनि कोभिड प्रतिबन्ध हटाएपछि यसको फैलावट बढेको बताएको छ ।