🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा

धरान (सुनसरी), ११ वैशाख : जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ मा २४ घण्टाको अवधिमा लागुऔषध बिक्री वितरण, सेवन तथा समाजमा गुण्डागर्दीमा संलग्न रहेको १२० जनालाई नियन्त्रणमा लिएको छ ।
शान्ति सुरक्षा कायम गर्न तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय सुनसरी मातहतका विभिन्न युनिटहरूसँग समन्वय गरी अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ९ गते साँझ ६ बजेदेखि १० गते बिहान ६ बजेसम्म पहिलो चरण र १० गते साँझ ६ बजेदेखि ११ गते बिहान ६ बजेसम्म दोस्रो चरण गरी दुई चरणमा अपरेसन सञ्चालन गरिएको थियो ।
सुनसरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएकामध्ये ११५ जना पुरुष र पाँच जना महिला रहेका छन् । पक्राउ परेकामध्ये १० जना पुरुष र पाँच जना महिलालाई सुधार केन्द्र पठाइएको छ । त्यसैगरी मादकपदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने तथा शान्ति भङ्ग गर्ने ७६ जना पुरुषलाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागुऔषध मुद्दामा दुई जना पुरुष विरुद्ध मुद्दा दर्ता गरिएको छ भने एक जना फरार रहेका छन् । अन्य २६ जना पुरुषमाथि थप अनुसन्धान भइरहेको छ । अपरेसनका क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस लागुऔषध ट्याब्लेट बरामद गरिएको छ । सूचना अधिकारी खड्काले लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ