अधिकांश रञ्जितकारहरू आजभोलि आफ्नो थर ‘छिपा’ लेख्दैनन् ।
नेवार जातिहरूको समूहको बाहुल्यता रहेको काठमाण्डौैंमा
रञ्जितकारहरूले आफ्नो छिपा शिल्पीलाई कम्तीमा थरमा लुकाएका छन् ।
छिपा थर हराउनुमा समाजमा विद्यमान विभेद र घृणा कारक थियो÷थिएन
शोधको विषय हुन सक्छ ।
तर, छिपा थरको विलयीकरणले जातीय शिल्पीलाई ठूलो धक्का दिएको सबै ठान्दछन् ।
किनकि नेवारहरूको बाहुल्य क्षेत्रमा अझै पनि छिपा शिल्पको सम्मान छ ।
वरिपरिका बनस्पतिका बोक्रा छाला, डाँठ, हाँगा, पात पतिङ्कर र विउविजनबाट
भिन्न भिन्न रंगको दोहन, मिश्रण र संमिश्रण गर्ने विधिप्रति छिपा जातिको शिल्पले
गाँउ बस्ती र टोल मात्रै होइन, सामुदायिक जीवनलाई रंगिन बनाएको छ ।
मैले र सायद धेरैले थाहा नपाएको विषय चाहिं
यिनलाई लिएर कथने आहान हो ।
अहिले पनि नेवार जातिको समूहमा यिनलाई लिएर आहानको प्रतीक बनाइन्छ ।
नेवारी समुदायमा बिस्मयकारी हल्लाको सङक्रमण चल्यो भने
सबैतिर एक कान दुइ कान भएर भनिन्छ– छिपाको घ्याम्पो फुट्यो ।
असाध्यै मिहीन विधि हुन्छ, बनस्पतिबाट र¨को दोहन गर्ने विधि ।
र, त्यति नै कठिन हुन्छ, र¨को स्वभाव चिन्नु र तिनले उत्सर्जन गर्ने ढाँचाको पहिचान गर्नु ।
यी सबै मिहीन विधिप्रति सामान्य मानिस जानकार हुन सत्तैmन ।
त्यसैले छिपाको माटाको घ्याम्पाभित्रको र¨ मिश्रणप्रति तिनको कौतुहलता हुन्छ ।
र, सामान्य मानिस छिपाको घ्याम्पा फुट्नुलाई बिस्मयकारी हल्लाको प्रतीक बनाउँछन् ।
हाम्रा प्रधानमन्त्रीले चिकित्सा विधाका अभियन्ता डा. गोविन्द केसीलाई भेट्दा
जब भने, मलाई तपाईको अभियान बुझ्न समय लाग्यो ।
काठमाण्डौका रैथाने बस्तीहरूबाट हल्लाहरूको हुल उठेर आयो ।
अहिले काठमाण्डौमा उठेको बिस्मयकारी हल्लालाई साधारण मानिसहरू भन्न थालेका छन् ।
छिपाको घैंटो फेरि फुट्यो ।
आउँदो शुक्रबारदेखि देशै भर लागू हुँदैछ– मुलुकी ऐन ।
पन्ध्रौ पटक अनसनमा बस्दासम्म पनि केसी अभियान बुझ्न बेर लाग्योे भने
बाढीपैह्रो बुझ्न प्रधानमन्त्रीलाई यो जुनि पुग्दैन हौं, पुग्दैन ।
प्रधानमन्त्रीले गर्ने भनेको सबभन्दा छिटो कुरा हो, बरु ।
हुतिहाराको घोषणा, अ।फ्ना टिम र विज्ञहरूको समूहलाई ।
डा. गोबिन्द केसी प्रधानमन्त्री निवासबाट फर्किएका छन् ।
र टोल बस्तीमा छिपाको घैंटो फुटेको हुँइया मच्चाइँदो छ ।
हन, के बिघ्न उत्पात मच्चाइएको हो, सरकारविरुद्ध ।
काठमाण्डौको अड्को नारायणबाट सोझै लाग्दा एउटा टोल भेटिन्छ, मजिपाट ।
मजिपाटको मञ्जुश्री टोलको आकार जति पनि छैन, वर्तमान प्रतिपक्ष ।
न तिनको संसदभित्रको हैसियत बन्छ, न सडकको ।
नस सेवन विधिलाई ती प्रतिपक्षी गुण अथ्र्याउँछन् ।
बस्ती र टोलमा छिपाको घैंटो किन फुट्छ, मान्छेहरू पत्तो पाउँदैनन् ।
बिस्मयकारी हल्ला चल्नुमा घ्याम्पोको दोष पनि छैन, न त र¨को नै ।
छिपाहरू अरुलाई अलमल्याएर एकचित्त भई र¨को स्वभाव निकाल्न खोज्छन् ।
त्यसैले पुराना बस्तीहरूमा जानु भयो भने अझै पनि बुढा पाकाहरू
छिपाको नियतलाई दोषाउँछन, घ्याम्पो फुट्नुमा ।
माटोको घ्याम्पो जुनसुकै कारणले फुट्न सक्छ ।
र¨हरूको समिश्रण खेर जान सक्छ ।
बुढा पाकाहरू भन्छन, छिपाहरू ज्याद्रो हुन्छन् ।
ती सितिमिति परास्त हुन्नन् ।
र¨हरूको स्वभावसित खेल्न तिनलाई एकनाशको एकचित्त मन भए पुग्छ ।
ती बाहिर हल्ला झिलीमिल्ली पार्दछन्
र, भित्र र¨ दोहन गर्दछन् ।
यतिखेर हाम्रा प्रधानमन्त्री छिपा शिल्पी रोज्छन् ।
छिपाको घ्याम्पो फुटाएर ।
छ महिनामा भुत्लोभाङ्लो गर्न नसकेपछि
प्रधानमन्त्रीसित घ्याम्पो फुटाउनुभन्दा अर्थोक बाँकी पनि छैन ।
हजुर, चार वर्ष छ महिनै बाँकी छ ।
सरकार चलाउन कि औषधि बढाउन ?
सरकार चलाउन तान्त्रिक विधि चाहिएको हो भने
गुभाजु भेटिन्छ अझै पनि काठमाण्डौमा ।



