🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्छः मन्त्री ज्वाला 

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने बताएका छन् । समाजवादी इन्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरुलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

उनले भने ‘ राष्ट्र निमाणर्को इञ्जिनियरिङ गर्ने जिम्मा तपाईहरुको छ, विकासको रोड म्याप बनाउँने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रुपमा हामी सहयोग गरौंला त्यसको खाका तपाईहरुले बनाउँने हो । मन्त्री ज्वालाले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट छ, भने एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शक्तिले समाजवाद पनि ल्याउँन सक्ने बताए । उनले आफुहरु यो आँटका साथ अभियानमा होमिएको बताए । 

उनले भने ‘ धेरै समस्या र चुनौतीहरुको बीचमा केही आशा दिने गरि सरकारले काम गरेको छ । भ्रष्टाचारीहरुको विरुद्धमा अभियान चलाएको छ, त्यसमा सफल हुन्छौ । जनतालाई सेवा सुविधा दिने प्रयासमा छौ । मन्त्री ज्वालाले यातायात व्यवस्थामा पनि धेरै समस्याहरु रहेको चर्चा गर्दै त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले योजनाहरु समयमा सम्पन्न गर्न आग्रह गर्दै हरेक योजनामा प्रगति देखिनु पर्ने र गुणस्तर पनि हुनु पर्ने बताए ।