🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शान्ति वार्तामा सहभागी हुन इरानद्वारा अझै औपचारिक पुष्टि गरेको छैन: पाकिस्तानी अधिकारी

इस्लामावाद, ८ वैशाख (रासस/सिन्ह्वा): शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक धारणा अझै नआएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले मङ्गलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “पाकिस्तानले इस्लामावादमा शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डलको औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेको छ।”

तरारले भन्नुभएको छ, “पाकिस्तानले मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ र तेहरानसँग निरन्तर सम्पर्कमा छ । पाकिस्तानले कूटनीति र संवादलाई निरन्तरता दिइरहेको छ।” उहाँले दुई हप्ताको युद्धविरामको समयसीमा अघि नै वार्तामा भाग लिने इरानको निर्णय हुनु महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “पाकिस्तानले इरानी नेतृत्वलाई दोस्रो चरणको वार्तामा सामेल हुन मनाउन गम्भीर प्रयास गरेको छ र यी प्रयासहरू जारी छन्।”

वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल भने २०८३ वैशाख ८ गते मङ्गलबार इस्लामावाद आइपुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ