🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो : सांसद प्रेम आले

काठमाडौं, ३२ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको बताएर पर्यटनमन्त्री सुदन किरातीप्रति व्यंग्य गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्किम समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किराँतीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् ।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो,’ बैठकमा उनले भने ।