🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आर्यनको स्टारडममा ८०० को अडिसन, छानिए लक्ष्य लालवानी

मुम्बई  । अभिनेता शाहरुख खानका छोरा आर्यनले निर्देशन गरिरहेको शो ‘स्टारडम’को कलाकारका लागि झण्डै ८०० ले अडिसन दिएका छन् । यो अडिसनबाट अभिनेता लक्ष्य लालवानी चुनिएका छन् । ‘स्टारडम’ आर्यनको महत्वकांक्षी प्रोजेक्ट हो ।

अभिनेता लक्ष्यले टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका थिए । यसपछि उनी धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’का लागि छानिए । यो फिल्म उनको डेब्यू हो । फिल्ममा कार्तिक आर्यन र जान्हवी कपुरको अभिनय हुने चर्चा थियो ।

तर, कार्तिक बाहिरिएपछि फिल्म होल्डमा राखियो । फिल्म रोकिएपछि लक्ष्य शनाया कपुरको ‘बेधडक’मा जोडिए । शोका लागि लक्ष्यले ८ राउण्डको अडिसन र स्क्रिन टेस्ट दिनुपरेको थियो ।

‘स्टारडम’को काम यसै महिनाबाट सुरु हुने भनिए पनि कास्टिङ प्रक्रियाले यो केही पर धकेलिएको छ । शोमा शाहरुख खान र रणवीर सिंहको विशेष अभिनय रहनेछ ।