🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इलाम गोल्डकप : रोलिङ धुलाबारी सेमिफाइनलमा

मङ्गलबारे (इलाम), ६ वैशाख : इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे । मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले फिदिम स्पोर्टिङविरुद्ध तेस्रो गोल गरे ।

फिदिम स्पोर्टिङ पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा ३–० गोलअन्तरले पराजित हुन पुग्यो । खेलको ‘म्यान अफ दी म्याच’ रोलिङ क्लबका प्रतापसिंह राई घोषित भए । उनले रु आठ हजार पुरस्कार पाए ।

सोमबार एन पेनाङ मलेसिया र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *