काठमाडौं । सरकारले २०८० वैशाख २६ गते मंगलबार चार सचिवको सरुवा गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका पूर्वाधार हेर्ने सचिव दिनेश भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरेको थियो भने गृहका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव ई.रविन्द्रनाथ श्रेष्ठलाई शहरी विकास मन्त्रालय र शहरीका नेरोटिकल ई. सुरेश आचार्यलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरूवा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा आरूघाट घर भएका लोक सेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिव बनाउने चाहना गर्दै आएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाब र भारत–चीनलाई शक्ति सन्तुलन मिलाउन चीन निकट रहेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सचिव दिनेश भट्टराईलाई गृहमा भित्र्याउन बाध्य र आर्थिक नियम अनुसार साथै भएका छन् । चीनको महावाणिज्यदूत भइसकेका भट्टराईलाई दवावमै गृह सचिव बनाएको प्रशासनिक र कूटनैतिक क्षेत्रमा चर्चा चलेको छ ।
नेपाल शक्ति राष्ट्रहरूको सामरिक चलखेलमा पर्दै आएको छ । चीनले बीआरआई र अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई प्रभाव पार्ने कोसिस गरिरहेका छन । शक्ति राष्ट्रकै दवावमा उपप्रधानमन्त्री श्रेष्ठले गृह सचिवमा भट्टराईलाई ल्याउन बाध्य भएको चर्चा छ । बीआरआई र एमसीसीको लडाइँले नै नक्कली भुटानी शरणार्थी काण्ड छानविनमा आएको समाचारहरु बाहिर आएका छन ।
संखुवासभा निवासी भट्टराई अहिले सुनसरीमा बसोवास गर्दै आएका छन । सचिव श्रेष्ठलाई गृह आउनबाट रोक्न शिक्षा सचिव रामकृष्ण सुवेदी सफल भएका छन । तर, कुनै चर्चामै नरहेका भट्टराईले गृह सचिवमा बाजी मार्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । ०८० वैशाख २५ गते सोमबार संसदमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा गृहमन्त्री श्रेष्ठको भेटघाट भएको भोलिपल्ट भट्टराईलाई गृह सचिवमा सरुवा गरिएकोले पनि यो प्रकरणलाई नक्कली भुटानी शरणार्थीसँग जोडेर हेरिएको छ ।
भट्टराई शाखा अधिकृतबाट सिधै लिखित परीक्षा दिएर सहसचिव निकाल्ने ट्यालेण्ट कर्मचारी पनि हुन् । उदयपुर, बारा, दाङलगायत पाँच जिल्लाको सिडिओ भइसकेका गृहका अनुभवी सचिव हुन् । यसअघि उनले छ महिना कोसी प्रदेशको प्रमुख सचिव भएर काम गरेको अनुभव उनीसँग छ । एक वर्ष वाणिज्य मन्त्रालयको सचिव र दुई वर्ष प्रधानमन्त्री कार्यालयमा बसेर विवादरहित, भएर कुशलतापूर्वक सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।



