🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवादमा मन्त्री सुदन किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा  नागरिक उड्डयन मन्त्री सुदन किराँती मन्त्रालयभित्रका कमजोरी सुधार गर्ने बताइरहेका छन् । सार्वजनिक खपतका लागि उनले प्रशस्त निर्णयदेखि अभिव्यक्ति समेत दिइरहेका छन् । तर, उनका कतिपय काम आफैमा बाझिन भने थालेका छन् । 

हतारमा निर्णय गर्ने शैलीले मन्त्री किराँती आफै अप्ठ्यारोमा पर्न थालेका छन् । कर्मचारीको नेतृत्वमा पर्यटन र रैथाने विश्वविद्यालयमा बनाउने निर्णय गरेर आलोचनामा परेका किराँतीले नेपाल वायुसेवा निगमसम्बन्धी दुईवटा निर्णय पनि त्यस्तै विवादमा देखिएका छन् ।

निगमको सुधारका लागि सुुझाव समिति गठन गरेपछि निगमका कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधे अनि निगमले जहाज किन्ने निर्णय लिए ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा सुुझाव समिति गठन गरेपछि मन्त्री किराँतीले दुर्गम क्षेत्रमा उडान गर्ने भनेर साना जहाज खरिद गर्ने निर्णय गरे । यही विषयमा संयोजक क्षेत्रीले मन्त्री किराँतीमाथि प्रश्न उठाएको स्रोतको दावी छ । 

संयोजक क्षेत्रीले एकातिर सुधारका लागि सुुझाव दिने भनेर कमिटी बनाउने अनि जहाज किन्ने निर्णय पनि गर्ने ? भनेर प्रश्न उठाएका थिए । स्रोतका अनुसार, उक्त प्रश्नपछि मन्त्री किराँतीले उक्त निर्णय गलत भएको भन्दै माफी पनि  मागेका थिए । समितिले सुझाव नदिएसम्म उक्त निर्णय कार्यान्वन नगर्ने र अहिलेलाई मुल्तवीमा राख्ने बताएका थिए । 

मन्त्री किराँतीलाई निगमका लागि अति आवश्यक जहाज किन्ने निर्णय गराउने भूमिका भने प्रधानमन्त्री प्रचण्डले बनाएको पनि उड्डयन क्षेत्रका जानकार बताउँछन् । उनीहरुको अनुसार प्रचण्डले सुरुवातदेखि नै जहाज खरिदमा चासो देखाएका थिए । अनि, मन्त्री किराँतीलाई सुुझाव पनि दिएका थिए ।

त्यसै अनुसार किराँतीले निर्णय लिएको पनि बताइन्छ । जी टु जी नीतिमा जहाज खरिद गर्ने भनिए पनि कुनै हवाई माफिया सक्रिय भइरहेको छ कि भन्ने चाहिँ कुरा खोजीको विषय बनेको छ ।

(साँघु साप्ताहिक, २०८० वैशाख १८ गते)