🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हरेक शनिबार विशेष कार्यक्रम : सवारी निषेधसहित असन क्षेत्रमा सांस्कृतिक पुनर्जागरण सुरु

काठमाडौं । काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता फिर्ता गराउन हरेक शनिबार त्यस क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लवसहित स्थानीय क्लव, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम सुरु हुने आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

महानगरपालिकाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले यस सम्बन्धी जानकारी दिएका हुन् । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी, वडा नं। २५ का अध्यक्ष राजेश डंगोलसहित पदाधिकारी थिए ।

कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिनेछ ।

महानगरपालिकका कार्यवाहक प्रमुख डंगोल, प्रवक्ता मानन्धर, सम्पदा समितिका संयोजक, आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले निरन्तर काम गरिरहेको छ ।

यसरी गरिने कामले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जानेछ । पूर्खाको ज्ञान र सिपले निरन्तरता पाउनेछ ।

यस क्रममा २०८३ वैशाख ५ गते शनिवारदेखि जीवन्त र समृद्ध ९असं० असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ हुँदैछन् । आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम थालिने भएको हो ।

मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको छ । परम्परागत चिनारी हराउन थालेका छन् ।

नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मृत्यु पर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, वीउ विजन र विरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ नासिँदै गएको छ । यसले वस्तु तथा सामान मात्र नासेको छैन । काठमाडौँको पहिचानमा समेत नकारात्मक प्रभाव पारेको छ ।

सम्पदासँग सम्बन्धित काम गर्दा महानगरपालिकाले गुठियार, समुदाय तथा सरोकारवालासँग समन्वय गर्ने गरेको छ । नेवार सभ्यतामा आधारित काठमाडौँका सांस्कृतिक तथा सामाजिक चालचलन तथा क्रियाकलापहरु कुनै समयमा सरकारबाट कुनै पनि प्रकारको सहयोग नलिइ समुदायले आफ्नै लगानी र सहभागितामा चलाउँदै आएका परम्परा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *