🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संदिग्ध शताब्दी : समयको अतृप्त भोक 

\"\"निबन्ध लेखनको आँगन देवकोटाको उदयबाट फराकिलो बन्यो । बीचमा धेरै निबन्धकारले नवीन स्वाद दिने प्रयत्न गरेपनि यसको राजमार्ग बनाउनका लागि शंकर लामिछानेको उदय हुनै प¥यो । यही मेसोलाई पछ्याउँदै धेरै लेखक निबन्ध लेखनमा लागेका छन् । ती मध्येका सशक्त निबन्ध लेखन गर्न सक्ने श्रीबाबु कार्की पनि एक हुन् । झट्ट चिन्नेहरुले कविको रुपमा चिन्ने गरेका भएपनि उनी निबन्धको सौन्दर्य र मर्म बुझ्ने निबन्धकार हुन् । भर्खरै साझा प्रकाशनबाट ‘सग्दिग्ध शताब्दी’ उनको निबन्ध कृति प्रकाशित भयो । यो सङ्ग्रहमा १४ निबन्ध रहेका छन् ।

निबन्ध लेख्नका लागि सिद्धान्तको आवश्यकता पर्दैन । आफ्नो मनखुसीले जतापनि हिँड्न पाइन्छ भन्नेहरुका लागि निबन्ध लेख्दा के गर्नुपर्छ भन्ने कुराको बोध यो सङ्ग्रह पढेपछि थाहा हुन्छ । निबन्धलाई सतही कुरा हो धेरैले भनेको सुनिन्छ । निबन्ध लेखनका लागि दर्शनको बोध हुनुपर्छ । यसको अर्थ दर्शन विना निबन्ध बन्दैन भन्ने होइन तर दर्शन नभएको निबन्ध खल्लो हुन्छ ।

कार्कीका निबन्धमा कविताको रंग घोलिएको छ । कपितय निबन्धको उठान कविताबाट भएका छन् । कुनै विषयलाई प्रष्ट पार्नका लागि पनि कविताको उदाहरण दिइएको छ । यसले निबन्धको मिठास थपेको छ । आफ्ना विचारलाई प्रष्ट पार्न दर्शनको प्रयोग गरिएको छ । जुन जीवन र आदिम सभ्यतालाई सन्तुलनमा राख्नका लागि बोधगम्य तरिकाले पानीमा चिनी घोलेजस्तै मिहिन पारेर मिसाइएको छ । 

निबन्धका अनुभूतिको लय, आरोहअवरोहको यात्रा देखाइएको छ । बटारबुटुर पारेर अल्मल्याउने काम छैन । सरल बाटोमा नदीको बहाव जस्तै सललल बगेको छ । लाग्छ यो लेखनमा कहीँकतै छाँगा छहरा नभए जस्तो कलात्मक र सरल भाषा छ । 

जीवनका उतार चढाव । गाउँको नाङ्गोपन र शहर मोह निबन्धका चोटिला पक्ष हुन् । गाउँको खुल्ला आँगन छोडेर कुलामा पानी कोचिए झैं शहर आएकाहरुले शहरमा के पाए ? सारा संसार छोडेर आएपनि झन् दुखको भारीले किचेको शहरमा । गाउँमा अझै, प्रेसर र डिप्रेशन पुगेको छैन । शहरमा यसैको भण्डार छ । उनको यो कथन हामीले भोगेको समयको पीडा हो ।
गाउँमा अभाव छैन, ऋण छैन । यहाँ अभाव पनि छ, ऋण पनि छ । तर, यही मानिसको चाप छ । आखिर दुःखै दुःख छ भने फेरि शहरको लालसा किन ? उनको प्रश्न छ । मानवीय समवेदनालाई आँखा अगाडि दर्पण देखाइएको छ ।

यहाँ लेखिएका रिस र नाम भन्दा बाहेक अन्य निबन्धले मानवीय संवेदनाका लहरलाई खोतल्ने प्रयास गरेको छ । रिस र नामको भने पुर्खाको विराशत र आफ्नो कतव्र्यबोधको उजागर गरेका छन् । अर्तिको रुपमा दर्शाउन खोजेपनि यी निबन्धले हाम्रो चरित्रलाई देखाएका छन् । हामी कसरी व्यवहार गर्छौं भन्ने अड्कल आफूलाई हुँदैन तर तराजुले हाम्रो तौलको मापन गरिरहेको हुन्छ । तराजुलाई थाहा छैन, कुन कपास हो र कुन ढुंगा । तर ऊ बराबर तौलिन्छ । यहाँ हाम्रो आकार र औकातलाई तौलनमा यी निबन्धले सहयोग गरेका छन् ।

  जीवनको परिधिमा मृत्युभय नहुँदो हो त कस्तो हुँदो हो यो सृष्टिको सौन्दर्य ? कस्ले गर्दो हो ईश्वरको कल्पना ? कस्ले बनाउँदा हुन् मन्दिर, मस्जिद, गुम्बा, चर्च र गिर्जाघरहरु । यो वाक्यले जीवनको मोहकता र सौन्दर्य मात्र हैन, जीवनको सार्थकता पनि देखाएको छ । हाम्रो आस्थाको केन्द्रका लागि पनि हामी मानवीय हुनुपर्ने गुणलाई केलाएका छन् ।

ईश्वर पनि मानिसको सृष्टिमा विघ्नै सन्तुष्ट रहेको हुनुपर्छ । नत्र यत्रो चराचर जगतमा मानिसका खोपडीमा किन ज्ञान हुन्छ ? भन्ने प्रश्नले एकाएक सिधा रेखामा हिँडिरहेको दिमाग बक्र रेखामा रुमलिन पुग्छ । यो निबन्धमा हुनुपर्ने एउटा शक्ति हो । अचारमा अमिलोको स्वाद आइरहेको बेला खुसार्नी टोकिदा कसरी चेतनाको संचार हुन्छ भन्ने कुरा यहाँ पाइन्छ ।

जंगलको राजा भनिएको सिंहले पनि हरेक बिहान दौडिनु पर्छ । नत्र त्यत्रो शक्ति खान नपाएर मर्छ । प्रकृतिको स्वचालिन नियमलाई कसरी अर्थबोध गराउने भन्ने कुरा लेखकको कल्पना शक्तिमा भर पर्छ । यहाँ लेखकीय खुवी जमेको छ । निबन्धको स्वादलाई तिख्खर पार्नका लागि यस्ता सचेतनाका औँलाहरु ठडिनुपर्छ ।

गाउँमा हुने रमाइलो शहरको यो कंक्रिटको घनघटामा खोजेर पाइँदैन । मानिसहरु घृणाका कुटिल आँखाले हेर्छन–प्रेमलाई । यो सर्वथा भ्रम हो, भ्रान्ति हो । हाम्रो अहिलेको यात्रा कसरी शहर केन्द्रित भइरहेको छ भन्ने कुराको प्रमाण हो यो । यहाँ जीवनको मोहकता मात्र हैन, देखासिकिको आरिसे मान्छेले प्रकृतिलाई कसरी सखाप पार्दैछ भन्ने एउटा नमूना पनि हो । 

  गाउँको संझना हामी गाउँमा हुर्केकाहरुका लागि एउटा गुरु हो । तर, ती सबै कुरा हामीले गाउँमा नै छोडेर आएका छौँ । पँधेरोमा पानी भर्ने आमा, भाउजु छैनन् । चौतारी छन्, भारी बिसाउने बटुवा छैनन् । देउराली छन्, फूलपाती र ढुंगा चढाउने छैनन् । यो गाउँको निरस अवस्था हो । सामाजिक मान्यताको प्रभाव हराउँदै गएको छ भन्ने सन्देश यसले दिन्छ ।

जीवन त घटनाहरुको पत्रे चट्टान न हो । जहाँबाट दुःखसुखका हजारौं पत्र उप्काउन सकिन्छ । यो पृथ्वीमा पनि सबै ठाउँमा शिर नै पर्छ भन्ने हुन्न, कतैकतै पाइताला पनि पर्छ । मानिसले गर्ने प्रयास सार्थक सधैं हुँदैन । कहिलेकाहीँ हारेर नै जीवनको अन्त्य हुन्छ । हारलाई स्वीकार गर्नु नियतिलाई नजिते पनि आफैलाई जित्नु हो भन्ने सन्देशले ऊर्जा प्रवाह गरेको छ ।

कार्कीको यो निबन्ध सङ्ग्रहले आत्मपरक निबन्धको उचाइ नाप्न सकोस् । कविता र कथामा जस्तै निबन्ध लेखनबाट सन्तोष प्राप्त होस् । रुखलाई जरा नभई हुँदैन । तर, जमिन मुनिको जराप्रति कसैको ध्यान छैन । धन्यवाद ।