🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढ्यो, १२औं ठूलो संख्या नेपालीको

काठमाडौं । अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको छ ।  इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा नेपाली विद्यार्थीको संख्या बढेको देखाइएको हो । 

अघिल्लो वर्षको तुलनमा वर्ष २०२१/२२ मा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको हो । यो वृद्धिसँगै अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७७९ पुगेको छ ।

प्रतिवेदनमा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा नेपाल १२औं नम्बरमा रहेको छ । अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ । 

प्रतिवेदनमा अमेरिकामा उक्त वर्ष दुई सय देश तथा क्षेत्रका ९ लाख ४० हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका कारण गत वर्ष अमेरिकाले ३२ अर्ब अमेरिकी डलर आर्जन गरेको जनाइएको छ ।