🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा मास्टर क्लास दिने

काठमाडौं ।  ‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टर क्लास दिने भएका छन् । सुजितले ११औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्म मेकिङसम्बन्धी क्लास दिने भएका हुन् । 

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११औँ संस्करण योपटक काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा पाँच युरोपियन र तीनवटा नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने तीन नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव १९-२२ कात्तिकसम्म चल्नेछ ।

मास्टर क्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले  महोत्सवको अन्तिम दिन फिल्म मेकिङसम्बन्धी आफ्नो ज्ञान बाँड्ने छन् । सुजितले २२ कात्तिकमा पहिलो प्रहरमै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रूपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रूपान्तरण गर्ने प्रक्रियाबारे आफ्नो अनुभव बाँड्नेछु,’ उनले भने ।

अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टर क्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तक्र्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू स्वयं निर्देशित ‘सावित्री’ सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए । 

नेपाल युरोपियन फिल्म महोत्सवको ११औँ संस्करण काठमाडौँमा भौतिक रुपमा ११ देखि १५ कात्तिकसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ । अनलाइनमा २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म हेर्न पाइनेछ ।