🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा वृक्षरोपण

डोटी, ३ साउन (रासस) : डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको पञ्चेश्वर महादेवको मन्दिर क्षेत्रमा नेपाली सेनाले साउने २०७९ साउन २ गते सोमबारको अवसरमा २०० प्रजातिका बहुउपयोगी बिरुवा रोपण गरेको छ । नं ५ बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी मानबहादुर महराले कपुरकोे वृक्षरोपणको शुभारम्भ गर्नुभएको हो ।

उक्त गणको आयोजनामा शुभारम्भ भएको सो कार्यक्रम यही साउन ३० गतेसम्म जिल्लामा रहेका  अन्य युनिटहरूले पनि सञ्चालन गर्ने बाहिनी अड्डाले जनाएको छ । डोटी जिल्लालाई विभिन्न प्रजातिका बहुउपयोगी बिरुवा रोपेर हरियाली बनाउने उद्देश्यका साथ सेनाले वृक्षरोपण अगाडि बढाएको बाहिनीपति तथा सहायकरथी महराले जानकारी दिनुभयो ।

मन्दिर क्षेत्रमा एभोकाडो, रुद्राक्ष, कपुर, कागती, अम्बा, कटहर, अमला, बेलपत्रलगायतका बिरुवा रोपण गरिएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शङ्करबहादुर कठायतले जानकारी दिनुभयो ।

सार्वजनिक, सामुदायिक स्थान र सेनातर्फ ब्यारेक र तालिम केन्द्रमा पनि बहुउपयोगी बिरुवा रोपणको तयारी भइरहेको सर्वेश्वर गणका गणपति तथा प्रमुख सेनानी विश्वराज थापाले जानकारी दिनुभयो ।
–––