🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको लाटोकोसेरो चरासहित दुई जना पक्राउ

 

पर्सा, छिपहरमाई गाउँपालिका-१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई २०७९ जेठ ७ गते शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी-१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी-३ ठेगाना भएका ३५ वर्षीय शेख अनवर रहेका छन् ।

 

उक्त स्थानमा अवैधरूपमा वन्यपशुपन्क्षी लाटोकोसेरो चरा (उल्लू) १ वटा नेपालबाट भारततर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पन्क्षी लिई भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

 

उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ ।