🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अपडेट : कामपामा स्वतन्त्र उम्मेदवार बालेन साह १८ हजार मतले अगाडि(chart हेराैं)

काठमाडौँ, ९ जेठ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले  विहान ११ बजे अघिकाे मत गणनाकाे नतिजा अनुसार,  ४५ हजार ६१३ मत प्राप्त गरेका छन् । याे मतकाे साथै साहले अग्रस्थान कायमै राखेका छन् ।  जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २७ हजार १८३ मत प्राप्त गरेकी छिन ।

\"\"

  यसैगरी तेस्राे स्थानमा झरेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २६ हजार ३०९ मत ल्याएका छन भने उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डङ्गालले सबैभन्दा बढी ४५ हजार ८७५ मत ल्याएर अग्रस्थानमा रहेकी छिन्  । 

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत प्राप्त गरेका छन् । १,३२,४८२ मत गनिसकिएकाे खबर छ । अब ३१% अर्थात् ५८,६८९ मत मात्र मत गन्न बॉकी रहेकाे जानकारी हुन आएकाे छ ।