🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पशुपतिमा सर्वसाधारणलाई रोक, पहुँवाललाई रेडकार्पेट 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मठ–मन्दिर प्रवेशमा सर्वसाधारणलाई रोक लगाएको छ । प्रशासनले ०७८ साउन १ गते निषेधाज्ञा थप गर्दै पूजारीबाट हुने नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न नपाउने व्यवस्था गरेको हो ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी निषेध आदेशको तेस्रो बुँदामा भनिएको छ– पूजारीबाट हुने नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने ।’  

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार, यो  नियम आगामी २०७८ साउन १० गतेसम्म लागू हुनेछ । त्यसपछि अवस्था हेरेर यसबारे निर्णय लिने प्रशासन कार्यालयको तयारी छ । 

काठमाडौंमा अवस्थित विभिन्न मन्दिरहरूले प्रशासनको निर्णय शिरोपर गरेका छन् । पशुपतिनाथ मन्दिरको हकमा पनि यही नियम आकर्षित हुनुपर्ने हो । तर पशुपतिनाथ मन्दिर व्यवस्थापन हेर्दै आइरहेको पशुपति क्षेत्र विकास कोषले भने सर्वसाधारणका लागि गेट बन्द गरेर पहुँचवालाका निम्ति रेडकार्पेट विछ्याएर स्वागत गरिरहेको छ । 

श्रावणको हरेक सोमबार हिन्दू महिलाहरूले भगवान् शिवको पूजा आराधना गर्ने गरेका छन् । त्यही कारण साउने सोमबार देशभरका शिव मन्दिरसँगै पशुपतिमा पनि भीड लाग्ने गरेको छ । निषेध आदेशका कारण यस वर्ष भने सर्वसाधारणका लागि पशुपतिको गेट बन्द रह्यो । तर, ठूला नेता, अझ सत्ताधारी निकटका साथै  नाेटकाे थैली खाेल्न सक्ने साहु महाजन,  भ्रष्ट र पहुँवालले भने निषेधाज्ञाकै बीच पशुपतिनाथमा पूजाआजाका निम्ति पशुपतिमा प्रवेश पाइरहेकाे जानकारी हुन आएकाे छ ।

०७८ साउन ४ गते सोमबार निषेधाज्ञाकै बीच पूर्वउपसभामुख एवं कांग्रेस नेत्री चित्रलेखा यादवले पशुपतिनाथ दर्शन गरिन् । सर्वसाधारणका लागि प्रवेश निषेध गरेको पशुपति क्षेत्र विकास कोषका चाकडीबाज प्रशासकहरू सदस्य–सचिव प्रदीप ढकाल र कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाकाे समूहले यादवसँगै उनको परिवारका ११ जना सदस्यलाई रातोकार्पेट ओछ्याएर स्वागत गर्यो (हेर्नुहोस् तस्बिर) । 

यो त एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । राजनीतिक दलका नेतालगायत पहुँचवालले निषेधाज्ञाकै बीच नियम उल्लंघन गरेर पशुपति पुगेर पूजाआजा गर्न अनुमति पाइरहेकाे खबर छ । 

कोषकाे वेथिती टुलुटुलु हेरेर बसेका  एकजना सदस्य नियम र कानुनका दृष्टिमा सबै समान भए पनि पशुपतिमा भने निषेधाज्ञाकै उल्लंघन गरेर पहुँचवाललाई विशेष सहुलियत प्रदान गर्ने काम गरिएको बताउँछन् । शक्तिकेन्द्र रिझाउन कोषका सदस्य–सचिव प्रदीप ढकाल र कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सत्तापक्षीय दलका नेतालाई निषेधाज्ञाका क्रममा पनि रातोकार्पेट ओछ्याएर स्वागत गर्ने गरेको आरोप लगाए । 

पशुपतिमा गरिएको विभेदबारे जानकारी लिन कार्यकारी निर्देशक  खतिवडालाई सम्पर्क गरिएकोमा स्थापित हुन सकेन । 

सरकार परिवर्तनबारे कोष बेखबर 

\"\"
सर्वोच्च अदालतको यही २०७८ असार २८ गतेको परमादेश अनुसार, त्यसको भोलिपल्ट २०७८ असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् । देउवाले कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना मन्त्री सहभागी गराएर आफ्नो मन्त्रिपरिषद् विस्तारसमेत गरिरहेका छन् । 

देशको राजनीति उथलपुथल भइसके पनि पशुपति क्षेत्र विकास कोष भने ०७८ साउन ५ गते बिहान ११ः१० बजेसम्म पनि यसबारे बेखबर छ । उसले देशको प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा लीलानाथ श्रेष्ठलाई चिनाएको छ । प्रधानमन्त्री कोषको संरक्षक र पर्यटन मन्त्री अध्यक्ष रहने व्यवस्था छ । यही सानाे उदाहरणले पनि  पशुपति क्षेत्र विकास कोष प्रशासन कति लापरवाह छ भन्ने कुरा स्पष्ट पार्दछ ।