🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेप्सेमा झिनो अङ्कले सुधार

काठमाडौँ, ६ पुस (रासस) : साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१७ विन्दुले बढेर एक हजार १५०.८१ विन्दुमा पुगेको छ ।

    यस्तै सेन्सेटिभ परिसूचक ०.२५ विन्दुले घटेर २५१.५९ मा पुगेको छ । झिनो अङ्कले नेप्से सुधार भए पनि कारोवार रकम भने औसतमा सीमित रहेको छ । कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरीद बिक्री भए । 

    कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ०.९२, व्यापार १०.४६, जलविद्युत् १.६, वित्त ३.०६, निर्जीवन बीमा २४.२ र जीवन बीमा ४३.७७ विन्दुले घटेको छ । यस्तै होटल ४४.६१, विकास बैंक ३.४९, उत्पादन ७०.३२, अन्य ५.८१, लघुवित्त १.४६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ । 

    कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ७६ लाख ८१ हजार ९३७ बराबरको शेयर कारोवार भयो । यस्तै एनएमबी बैंक रु तीन करोड ३३ लाख ६६ हजार ४६२, नेपाल बैंक रु दुई करोड ८३ लाख, नबिल बैंक रु दुई करोड ५९ लाख २५ हजार १४१, एनसिसी बैंक रु एक करोड ६३ लाख १० हजार १३८ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड २३ लाख ३२ हजार ७६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । 

    नेप्सेका अनुसार शिवम सिमेन्टका शेयरधनीले ९.७६ प्रतिशतले कमाउँदा पाँचथर पावर ९.६२, रिडी हाइड्रोपावर ४.२९, कर्णाली डेभलपमेन्ट बैंक ४.०८, देवः विकास बैंक ३.८८ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७६ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स ९.८१, अरुण काबेली ६.६६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९ र  सिनर्जी पावरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए । 
–––