🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कटुवा पेस्तोल र लागुऔषधसहित लहानमा चार पक्राउ

लहान २० बैशाख । प्रहरीले शुक्रबार सिरहाका छुट्टाछुटै स्थानबाट कटुवा पेस्तोल र लागुऔषधसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी र सशस्त्र प्रहरी वल ठाडीको संयुक्त टोलीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनी बजार नजिकबाट कटुवा पेस्तोलसहित भारतको मधुबन्नी जिल्ला ग्राम पञ्चायत बगहा–१ निवासी २८ वर्षीय राजेशकुमार यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथवाट कटुवा पेस्तोल एक थान र खाली खोका एक राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

त्यस्तै सिरहाको भगवानपुर–१ स्थित हुलाकी सडक खण्डबाट लागुऔषधसहित भारतको मधुबनी जिल्ला ग्रामपञ्तायत माधवपुर निवासी १७ वर्षीय उज्वलकुमार यादव र १८ वर्षीय शिवमकुमार साहलाई पक्राउ गरेको छ ।

दुवैको साथबाट डाइलेक्सडिसी १०० एमएल २० बोतल बरामद गरिएको प्रवक्ता खरेलले जानकारी दिए । यस्तै सिरहा नगरपालिका–१७ पटहेर्वाबाट लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–३ निवासी २६ वर्षीय सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी बल सिरहाबाट खटिएको संयुक्त टोलीले डाइलेक्स डिसी १०० मिलीग्रामको ४९ बोतल लागुऔषधसहित यादवलाई पक्राउ गरेको हो ।

सवारी साधन जाँच गर्ने क्रममा ज ९ प १५७४ नम्बरको मोटरसाइकलमा प्लाष्टिकको झोलामा लुकाइराखेको उक्त परिमाणको लागुऔषध फेला पारेकाले मोटरसाइकलसहित यादवलाई पक्राउ गरिएको प्रवक्ता खरेलले बताए । रासस